ब्रह्माकुमारी शान्ति कुण्डमा ‘मेरो संस्कृति मेरो पहिचान’ कार्यक्रम सम्पन्न

IMG-20231125-WA0220.jpg

गान्तोक: राजधानीस्थित विकास क्षेत्रको ब्रह्माकुमारी शान्ति कुण्डमा आज ‘मेरो संस्कृति मेरो पहिचान’ कार्यक्रम सम्पन्न भयो। आजको कार्यक्रममा मुख्य अतिथिको रुपमा मन्त्री सञ्जित खरेल उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई रहेकी थिइन्। कार्यक्रममा गत ४ अक्टोबरमा आएको भवितव्यमा ज्यान गुमाउनेहरूको आत्माशान्तिको निम्ति प्रार्थना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री खरेलले यो कार्यक्रममा आफूलाई मुख्य अतिथिको रुपमा उपस्थित हुनको निम्ति राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले अवसर उपलब्ध गराएकोमा आभार व्यक्त गरे। सिक्किम संस्कार अनि संस्कृतिको क्षेत्रमा धेरै धनाढ्य रहेको अनि वर्तमान सरकारले अझ यहाँ संस्कार अनि संस्कृतिलाई विकास गर्नको निम्ति कार्यहरूको गरिरहेको जानकारी गराए। भौतिक संसारमा तनाउपूर्ण बनेर बाँचिरहेको निम्ति आत्मिक शान्ति संचार गर्नको निम्ति ब्रह्माकुमारीहरूको पहलको उनले प्रशंसा गरे। सबैले यो शिक्षालाई लिएर अघि बढ़्ने पनि परामर्ष दिए। यसरीनै कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईले आफू स्वयं ब्रह्म परिवारको सदस्य बनेर आत्मिक ज्ञान प्राप्त गर्न पाइरहेकोमा खुशी व्यक्त गरिन्। आफूले यहाँबाट प्राप्त गरेको ज्ञानले दिन प्रतिदनको जीवनलाई तनाउमुक्त बनेर साथै सहजतापूर्वक जिउन सहयोग प्राप्त गरिरहेको पनि उनले बताइन्। यही ज्ञानहरूलाई आत्मसात गरेर जनताको निम्ति मुख्यमन्त्रीसमक्ष एउटा पूल सरह कार्य गरिरहेको उनले जानकारी गराइन्। आजको कार्यक्रम मेडिटेशनको पनि आयोजना गरिएको थियो। कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी रमलेश दीदीजीले पनि आफ्नो मन्तव्य राखेकी थिइन्। कार्यक्रममा पूर्व विधानसभा अध्यक्षा कलवती सुब्बा, गान्तोक नगर निगमका मेयर नीलबहादुर छेत्री, पार्षद कला राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement