चूनाव अधि कालो बाटो बनाउँछु भन्नेहरू खै कहाँ छ: अजय एडवाडर्स

Screenshot_20231125_230856_WhatsApp.jpg

दार्जीलिङ: चूनाव अधि कालो बाटो बनाउँछु भन्दै बाचा गर्ने नेताहरू खै कहाँ छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सत्ता दलको नेतृत्वहरूमाथि प्रश्न तेर्साए। शहरको माल रोड स्थित हाम्रो पार्टीको केन्द्रीय कार्यलय पी कोठीमा आज हाम्रो पार्टीले आफ्नो दोस्रो बर्षगाँठ पालन गरयो।आयोजित स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने चूनाव अधि सत्ता दलको नेतृत्वहरूले अजय एडवाडर्स र उनको टीम ले रातो बाटो बनाए अब हामी कालो बाटो बनाउँछु भन्दै जनता अधि वाचाहरू गरेको थियो तर आजसम्म हामीले बनाएको रातो बाटोलाई कालो बाटोमा परिणत गर्ने कार्य भएको छैन।कालो बाटो बनाउँछौ भन्दै ढोल पिटनेहरूको आज कुनै अतो पतो नभएको अध्यक्ष एडवाडर्सले बताए।चूनाव अधि हाम्रो युवा भाइ वहिनीहरूलाई ठूल्ठूलो आश्वसन दिने नेताहरू आज कहाँ छ?भन्दै अध्यक्ष एडवाडर्सले प्रश्न तेर्साए। केही रूपियाँ पैसाको प्रलोभनमा हामीले हाम्रो भविष्यलाई अन्धकार बनाउँनु हुदैन।हामीले नेता र सभासदहरूलाई पैसा मांग्नु हुदैन,पैसा मागेर नेतृत्वहरूलाई चोर बनाउँने काम गर्नु हुदैन।तपाईहरूकै गाउँको बाटो बनाउँनु,स्कूल निर्माणको निम्ति आएको पैसाबाट तपाईहरूलाई दिने गर्छ,त्यसकारण तपाईहरूको गाउँको बाटो,तपाईहरूको स्कूल भवन अधूरो बन्छ,हामी गरीव छौ तर हामीले पैसा मांग्नु हुदैन,नेता एंव निर्वाचित जन प्रतिनिधिहरूलाई काम लगाउनु पर्छ अध्यक्ष एडवाडर्सले भने।हाम्रो पार्टीले हरेक विषयहरूमा भिजन बनाएको छ।शिक्षा क्षेत्रदेखि लिएर स्वास्थ्य आदि क्षेत्रहरूमा धेरै भिजनहरू बनाएको छ।हाम्रो पार्टीको गठन जनताको सेवा गर्नलाई भएको हो,हामीले आफ्नो क्षमता अनुरूप विमारीको उपचार,गरीव विधार्थीहरूलाई शिक्षा दिलाउने कामहरू गर्दै आई रहेको छ।हामी हाम्रो गोजी रिताएर जनताको सेवा कार्यहरू गर्दै आई रहेका छौ हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement