गान्तोक: रिनाक निर्वाचन क्षेत्रका विधायक एवम मन्त्री विष्णु कुमार खतिवडाले आज पाकिम जिल्लास्थित रिनाक निर्वाचन क्षेत्रको सामुदायिक स्वास्थ्य केन्द्रमा फिजियोथेरापी केन्द्र साथै पूर्नवास सेवा यूनिटको उदघाटन गरे। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले राज्य सरकारले अत्यावश्यक सेवालाई परिधिसम्म पुऱ्याउने र स्वास्थ्य सेवालाई गाउँसम्म पुऱ्याउने दृष्टिकोणको प्रतिव्यक्त गरे। उनले महत्वपूर्ण सार्वजनिक पूर्वाधारको स्थापना र स्तरोन्नति मार्फत जीवनस्तर उकास्ने सरकारको प्रतिबद्धतालाई जोड दिँदै शारिरिकरूपमा असक्षण व्यक्ति साथै आवश्यकता परेकाले गुणस्तरीय सेवामा पाउन सक्ने विषयमा जोड दिए।
फिजियोथेरापी केन्द्र पुनर्वास हेरचाह सहित फिजियोथेराप्यूटिक सेवाहरूको स्पेक्ट्रम प्रदान गरेर स्थानीयहरूको सेवा गर्न सरकार सदैव तयार रहेको बताए। यस पहलको उद्देश्य रिनाक सामुदायिक स्वास्थ्य केन्द्रमा सुविधा र समयमै हेरचाह प्रदान गर्न, यस्ता सेवाहरू स्थानीयहरूमा पुऱ्याएर सुविधा प्रदान गर्नु रहेको जानकारी गराए। विशेष गरे रिनाकका मानिसहरू उपचारको निम्ति टाडा जानु पर्ने समस्यालाई ध्यानमा राख्दै यस प्रकारको पूर्वधारको उदघाटन गरिएको उनको भनाइ रहेको थियो।

उद्घाटनको क्रममा मन्त्रीले फिजियोथेरापी सेन्टर र आवश्यकतामा परेका व्यक्तिहरूलाई उपचारात्मक उपकरण किटहरू हस्तान्तरण गरे। महिला तथा बाल विकास विभागद्वारा उपलब्ध गराइएका यी किटहरूमा कृतिम खुट्टा मसाज गर्ने, ह्वीलचेयर, डिजिटल रक्तचाप मिटर आदि रहेको छ।









