मन्त्री नेपालले गरे श्रीबदाममा पहिलो माछा बिक्री केन्द्रको उद्घाटन

IMG-20231125-WA0219.jpg

सोरेङ: सोरेङ जिल्लाको श्रीबदाममा ट्राउट माछा पालनसँगै बिक्रीलाई ध्यानमा राख्दै पहिलोपल्ट प्रत्यक्ष माछा बिक्री केन्द्र खोलिएको छ। यस केन्द्रको आज बिहान राज्यका पशुपालन एवं पशु चिकित्सा सेवा विभागीय मन्त्री लोकनाथ नेपालले उद्घाटन गरे। यस अवधि उनीसँग रिञ्चेनपोङ क्षेत्रका विधायक केएस लेप्चा, पञ्चायतगण लगायत मत्स्यपालन निदेशालयका अधिकारी अनि कर्मचारीहरूको उपस्थिति रहेको थियो। आज उद्घाटन गरिएको प्रत्यक्ष माछा बिक्री केन्द्र भारत सरकारको मत्स्यपालन, पशुपालन एवं डेयरी मन्त्रालय अधीनस्थ मत्स्यपालन विभागअन्तर्गत शुरु गरिएको प्रधानमन्त्री मत्स्य सम्पदा योजना (पीएमएमएसवाई) को सहयोगमा राज्यको मत्स्यपालन निदेशालयद्वारा लाभार्थी प्रेम छिरिङ भोटियालाई प्रदान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement