घैयाबारीमा भागोप्रमोको चुनावी सांगठनिक सभा सम्पन्न

IMG-20220519-WA0137.jpg

जीटीए चुनाव रोक्नलाई सबै लागिपरेका छन् तर पहाड़मा चुनाव नभएर जनप्रनिधिविहीन जनताले दु:ख र असुविधा झेलिरहेका छन्: प्रणाम रसाइली

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनावको लागि सांगठनिक गतिविधिलाई अझ सशक्त रुपमा अघि लगिरहेको छ। अन्य पार्टीहरूले जीटीएको विरोध गरिरहेको बेला भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा भने जीटीए चुनावको तयारीमा सक्रिय रुपमा लागि परेका छन्। यसै क्रममा खरसाङ खण्ड अन्तर्गत घैयाबारीको बुथ नम्बर २५४ मा भागोप्रमोको चुनावी तयारीको लागि लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा सभा सम्पन्न भएको छ। उक्त सभा बुथ कमिटीको सभापति महेश छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई नवराज प्रधानले सञ्चालन गरेका थिए। सभामा प्रमुख वक्ताको रुपमा बोल्दै भागोप्रमो खरसाङ महकुमा समितिको महासचिव प्रणाम रसाइलीले हामी अनित थापालाई माया गर्छौं कारण उनी हाम्रो प्रिय नेता हो र नै हामी उनलाई जीटीएको चेयरम्यानको पदमा हेर्न चाहान्छौं। तर अनित थापालाई जीटीएको चेयरम्यान पदमा राख्नलाई हो भने आगामी चुनावमा सबैले मिलेर जिताउनपर्छ भनी आह्वान् गरेका छन्। उनले भारतीय संविधानले दिएको चुनाव प्रक्रियालाई पहाड़का सबै लागि परेर रोक्नलाई विरोध भईरहेको छ भन्दै चुनाव रोक्नलाई अनशन बसिरहेको छ, हस्ताक्षर अभियान चलाईरहेका छन् भने कसैले ज्ञापन दिने कार्यहरू गरिरहेका छन्। तर पहाड़मा जनप्रनिधिहरू नभएर विकासका कार्यहरू रोकिएको छ, जनताले असुविधा भोगिरहेका छन् र दु:ख पाईरहेका छन् अनि पहाड़को व्यवस्था डामाडोल भएर गएको छ भनी बताएका छन् । खरसाङ महकुमा समितिको महासचिव प्रणाम रसाईलीले अघि भने -‘अनित थापाले दुईपल्ट चुनावमा हारेर पनि जनताको लगातार रुपमा सेवा गरिरहेका छन्। तर पहाड़का प्राय: सबै पार्टीहरू एक भएर अनित थापालाई चौकीमा आउन नदिनलाई लागिपरेका छन्। तर हामी सबै मिलेर आगामी चुनावमा हाम्रो प्रिय नेता अनित थापालाई जसरी पनि जिताउनपर्छ र उनलाई साथ दिनुपर्छ भनी बताएका छन्। महासचिव प्रणाम रसाइलीले हामी पार्टीको संगठन गर्नेहरू हौं र हामी चुनावमा प्रार्थी दिन्दैनौं बरु हामी लगातार रूपमा संगठन चलाएर लिनेछौं तर हामी पार्टी क्याडरहरूको कुरालाई मान्नुपर्छ भनी कुरा उठाउनेछौं भनी बताएका छन्। सभामा युवा शक्ति तीनधारे महानदी समष्टिको सल्लाहकार राजु छेत्रीले आफ्नो सम्भाषणमा घैयाबारीले पार्टीलाई सदैव साथ दिएको र हरेक चुनावमा कार्यकर्ताहरुले खट्ने गरेको तर महकुमा समिति र केन्द्रले घैयाबारीलाई सठीक रुपमा नहेरेको गुनासो पोखे। उनले अन्य क्षेत्रहरूको तुलनामा घैयाबारीले केही नपाएको बताउँदै अब यस्तो हुनु हुँदैन भन्दै यसपाली सबैजना मिलेर भागोप्रमोलाई जिताउने र हाम्रो घैयाबारी, राम्रो घैयाबारी बनाउन आह्वान् गरेका छन्। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधानले आफ्नो सम्भाषणमा२०१७ को अशान्तीमय पहाड़लाई अनित थापाले शान्ता बनाएको बताउँदै यसपाली अनित थापालाई सबैले मिलेर बिजय बनाउने निवेदन गरे। सभामा तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर नवराज छेत्रीले बुथ स्तरीय चुनाव को-अर्डिनेशन कमिटी गठन विषयमा जानकारी गराएका थिए भने सभामा नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिको कार्यकारी सभापति सीबी राई, समष्टीको सचिव सञ्जीव लामा,युवा शक्ति तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म आदिले पनि वक्तव्य राखेका थिए। यसै सभामा घैयाबारीको बुथ नम्बर २५४ को लागि बुथ स्तरीय चुनाव को-अर्डिनेशन कमिटी पनि गठन गरिएको छ। उक्त कमिटीमा को-अर्डिनेटरको रुपमा कुसुम तामाङ प्रधान, सह को-अर्डिनेटर सरिता गुरुङ थापा लगायत कार्यकारी सदस्यहरूको रुपमा विभिन्न गाउँहरूबाट प्रतिनिधिहरु सपना राई, अर्पिता गुरुङ, ज्योति खाती, रुपा थापा, निलम प्रधान, अनिल छेत्री, राजु लामा, उदय छेत्री, महेश लामा आदि चयन भएका छन्। सभामा आफ्नो अध्यक्षीय सम्भाषणमा बुथ सभापति महेश छेत्रीले माथिबाट वक्ताहरू आएर बोली राखेर जान्छन् तर हामीलाई यहाँ मिलाउनु कठिन पर्छ कारण घैयाबारीको कतिपय समस्याहरू समाधान भएको छैन। त्यसैले ती सबै समस्याहरू समाधान भएको होस् बेरोजगारहरुले रोजगार पाएको होस् भनी बताएका छन्। उनले अनित थापा जस्तो नेता हामीले पाएका छौं र यसपाली सबै मिलेर उनलाई जिताउनपर्छ भनी आह्वान् गरेका छन्। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, महकुमा सांगठनिक सचिव राजीव थापा, महकुमा सदस्य टंक शर्मा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मंगर लगायत अन्यहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *