कुनै पनि देशको संविधान त्यो देशको आधारभूत संरचना होः राज्यपाल

IMG-20231125-WA0211.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सम्पूर्ण सिक्किमवासीहरूलाई संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो शुभकामना सन्देशमा संविधान निर्माता डा. भीमराव अम्बेडकरलाई नमन गर्दै भनेका छन्, कुनै पनि देशको संविधान त्यो देशको आधारभूत संरचना हो।

भारतीय संविधानले धेरै सिद्धान्त र दृष्टान्तहरूलाई संरक्षित गरेको छ, जसको आधारमा देशको सरकार र नागरिकहरूको निम्ति मौलिक राजनीतिक सिद्धान्त, अधिकार, दिशानिर्देश, कानून आदि तय गरिएका छन्।

उनले भनेका छन्, हाम्रो संविधानले हामीलाई एउटा सुशासित र समृद्धिशील भारतको दिशामा प्रेरित गर्दछ र देशलाई समानता एवं न्यायपूर्ण तरिकाले राष्ट्र निर्माणमा सहायता प्रदान गर्दछ। राज्यपालले यस गौरवशाली दिवसको अवसरमा सबै मिलेर आफ्नो संविधानको मूल उद्देश्यहरूप्रति प्रतिबद्ध बनौं भनी आह्वान गरेका छन्। उनले राष्ट्रलाई सशक्त, समृद्ध अनि सामरिक समरसताका साथ उज्जवल भविष्यको दिशामा आफ्नो महत्वपूर्ण योगदान दिन पनि आह्वान गरेका छन्।

About Author

Advertisement