खरसाङ: आज खरसाङ महाविद्यालयमा ४ र ५ बंगाल बीएन एनसीसीद्वारा ७५औं एनसीसी स्थापना दिवस समारोह सम्पन्न गरेका छन्। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने कलेजको प्राचार्य डा. समीर बल विशेष रूपमा उपस्थित रहेका थिए। एरिस एस्तर गुरुङ र यावेज छेत्रीद्वारा सञ्चालित कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित सभासद श्याम शेर्पालाई शुरुमा नै गार्ड अफ् अनर दिइएको थियो।

४ बंगाल गर्ल्स बीएन एनसीसीको मिनु छेत्रीले शुरु गरेको कार्यक्रममा ४ बंगाल (जी) बीअनको रिपोर्ट नम्रता राईले अनि ५ बंगालको रिपोर्ट एसओयु इमदाद ईलाहीले राखेका थिए। यसै कार्यक्रममा विशेष अतिथि एसयुओ असरफ जोन-५ बंगाल (जी) बीएनलाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै एनसीसीमा सफलता प्रापकहरू र पुराना एनसीसी क्याडेटहरूलाई पम़नि सम्बर्ध्दना जनाइएको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित सभासद श्याम शेर्पाले खरसाङ कलेजको गेटमा माता सरस्वतीको मूर्ति स्थापना गर्ने विचार रहेको तथा कलेजको खेस मैदानलाई अलिक फराकिलो बनाएर व्यवस्थित बनाउने विचार छ भनी बताए। उनले खरसाङ कलेजको क्षेत्रमा रहेको हरिदास जंगलमा मेडिसिनल प्लान्ट र जडीबुटीको बगैंचा बनाउने योजना रहेको र यस विषयमा प्राचार्यसित कुराकानी गरेर जीटीएमार्फत् कार्य गर्ने योजना साझा गरेका छन्।

सभासद शेर्पाले आफु यसै महाविद्यालयको भूतपूर्व विद्यार्थी रहेकोले कलेजलाई सदैव माया गर्ने गरेको र यहाँ मुख्य अतिथिको रूपमा आउन पाउँदा खुशी लागेको पम़नि बताए।
प्राचार्य डा समीर बल, विशिष्ट अतिथि खरसाङ महाविद्यालयको बंगाली विभागती प्रमुख प्राध्यापिका शर्मिष्ट दाम अादिले वक्तव्य राखेका थिए। कार्यक्रममा बेस्ट क्याडेटको घोषणा पनि गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन ५ बंगाल बीएन एनसीसी जेयुओ बैशाली मण्डलले राखेका थिए।









