सिक्किममा यातायात सुचारू भएकाे कारण अब पर्यटकहरू सिक्किम भित्रन सक्नेछन्: मख्यमन्त्री गोले
मिरिक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) दार्जीलिङ जिल्लाको मिरिकस्थित बोकार गुम्बामा आज आईपुगेका थिए। उनलाई गुम्बाका बौद्ध धर्म गुरुहरू, साम्बाला स्कूल लगायत स्थानीय मानिसहरूले भव्य स्वागत जनाएका थिए। मुख्यमन्त्री गाेलेकाे साथमा सिक्किम सरकारका मन्त्रीगण पनि आएका थिए भने दार्जिलिङका विधायक निरज जिम्बा पनि मुख्यमन्त्रीकाे स्वागतमा उपस्थित रहेका थिए।मुख्यमन्त्री गाेलेलाई मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले पनि स्वागत जनाए।

मुख्यमन्त्री गाेलेकाे मिरिक भ्रमणकाे कुनै अन्य उद्देश्य नरहे पनि उनी मिरिक बाेकार गुम्बामा पूजा अर्चना गर्न अनि यहाँका काब्जे वाेकनर रिम्पाेर्छे अनि काब्जे खेनजेन रिम्पाेर्छेकाे आशिर्वाद ग्रहण गर्न आएकाे बताइएकाे छ। मुख्यमन्त्री पीएस गाेलेले धेरै बेरसम्म बाेकार गुम्बामा पूजा अर्चना गरेपछि प्रस्थान गरेका थिए। यस अवसरमा बाेल्दै मुख्यमन्त्री पीएस गाेलेले बाेकार गुम्बाका रिम्पाेर्छे पहिलाेपल्ट शिक्षा दिन विदेश जाने भएकाे अनि उनीबाट आशिर्वाद लिन र उनलाई शुभकामना दिन मिरिक बाेकार गुम्बा आएकाे बताए। उनले दार्जिलिङ पहाडकाे लामाे समयसम्मकाे मागबारे पत्रकारहरूले गरेकाे प्रश्नकाे जवाब दिन्दै म दार्जिलिङमा नै पढेकाे हुनाले यहाँकाे आन्दाेलनबारे अवगत छु। उनले हामी छिमेकी भए पनि मेराे दार्जिलिङकाे राजनीतिमा कुनै हस्तक्षेप रहने छैन भने।

उनले जाति र उन्नतिकाे लागि एक हुनपर्छ भने। उनले विगतमा सिक्किमा आएकाे बाडी अनि स्थितिमालाई सामान्य बनाउन सिक्किम सरकारले गरिरहेकाे कार्यहरूबारे पनि विस्तृत जानकारी गराँउदै सिक्किममा यातायात सुचारू भएकाे कारण अब पर्यटकहरू सिक्किम भित्रन सक्नेछ पनि बताए।

यस अवसरमा बाेल्दै दार्जिलिङका विधायक निरज जिम्बाले मुख्यमन्त्री पीएस गाेलेकाे अचानक मिरिक भ्रमणकाे कुराे याद पाएपछि आफू मिरिक आएकाे जानकारी गराउँदै सिक्किम र दार्जिलिङमाझ मानवीय सम्बन्ध छ। हामी नङ र मासु झैं बसेकाे छाैं भने।









