मानव उत्थान सेवा समितिको युवा प्रकोष्टद्वारा टिस्टामा बाढ पीडित विद्यार्थीहरूलाई शिक्षा सामग्री प्रदान

IMG-20231125-WA0185.jpg

सोनादा: गत महिना टिस्टा नदीमा आएको भयानक बाढले आफ्ना घरहरू  क्षतिग्रस्त भएका टिस्टा क्षेत्रका विद्यार्थीहरूको सहयोगार्थ मानव उत्थान सेवा समिति दार्जीलिङ मण्डलका युवा प्रकोष्ट अघि आएको छ। युवा प्रकोष्टले मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराज अनि उहाँका सुपुत्र बिभूजी महाराजको आज्ञा र अनुकम्पाद्वारा मिशन एजुकेशन अन्तर्गत टिस्टा क्षेत्रका बाढ पिडित विद्यार्थीहरूलाई सहयोग गर्नार्थ मानव उत्थान सेवा समिति दार्जीलिङ तहसीलका उप प्रभारी महात्मा शैल बाईजीको  नेतृत्वमा  मङ्पु तहसीलका प्रभारी महात्मा अलकनन्दा बाईजी, मिरिक तहसीलका प्रभारी महात्मा मनोहरी बाईजी, सह प्रभारी महात्मा अचला बाईजीको साथमा दार्जीलिङ मण्डलका युवा प्रकोष्टका संयोजक दिपङ्कर राई, समितिका उत्तर पूर्वाञ्चल क्षेत्रका सह सचिव चन्दन लकान्द्री, दार्जीलिङ तहसील सचिव भक्त लामा, युवा प्रकोष्टका दीपक शर्मा, खुशबु गिरी, प्रमा छेत्री लगायत केही युवाहरू धेरै शिक्षा सामग्रीहरू बोकेर  टिस्टा ब्रीज हाई स्कूल पुगी त्यहाँ अध्ययनरत् दशौंदेखि  बाह्रौं श्रेणीसम्मका जम्मा एक सय पच्चतरजना विद्यार्थीहरूलाई  आवश्यक पाठ्य पुस्तक, खाता कलम आदि प्रदान गरेका थिए। यी विद्यार्थीहरूमध्ये दशजना विद्यार्थीहरूको घरसंगै आफ्ना सबै पाठ्यपुस्तकहरू तथा अन्य सामग्रीहरू सबै नै टिस्टा नदीले बगाएर लगेको हुनाले ती दशजना विद्यार्थीहरूलाई शिक्षाको लागि सम्पूर्ण सामग्रीहरू प्रदान गरेका थिए। मानव उत्थान सेवा समितिको दार्जीलिङ मण्डल अन्तर्गतका  दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, बिजनबारी र मङ्पु यी छ वटा तहसील समितिहरुले उक्त शिक्षा सामग्रीहरू किन्न पूर्ण रूपमा सहयोग पुर्याएका थिए। मानव उत्थान सेवा समितिको  युवा प्रकोष्टद्वारा गरिएका यस्ता मानव सेवामूलक कार्यहरूप्रति टिस्टा ब्रीज हाई स्कूलका प्रधान अध्यापक एवम् शिक्षक- शिक्षिकाहरूले समितिप्रति आभार प्रकट गरेका थिए। यस अवसरमा स्कूलको तर्फबाट प्रधान अध्यापकले उपस्थित सन्त महात्मा बाईजीहरू तथा समितिका कार्यकर्ताहरूलाई स्वागत जनाएका थिए।

आफूलाई उपयोगी हुने शिक्षा सामग्रीहरू पाएर विद्यार्थीहरू धेरै खुशी भएका थिए। यसअघि पनि मानव उत्थान सेवा समितिले टिस्टा, गेलखोला आदि क्षेत्रका बाढ पीडितहरूलाई विभिन्न प्रकारका सामग्रीहरूद्वारा सहयोग पुर्याएका थिए भने रम्फू, टिस्टा आदि क्षेत्रमा सरसफाईमा पनि साथ दिएका थिए। जन- जनमा आत्मज्ञानको माध्यमद्वारा  आध्यात्मिक विकास गर्नाको साथै मानव उत्थान सेवा समितिले यस्ता सेवामूलक कार्यक्रमहरू पनि गर्ने गरेको कुरो महात्मा शैली बाईजीले आफ्नो छोटो सम्बोधनमा  बताएकी थिईन्। शिक्षा सामग्री बितरण समारोहलाई सह सचिव चन्दन लकान्द्रीले सञ्चालन गरेका थिए भनी मानव उत्थान सेवा समिति
उत्तर पूर्वाञ्चल क्षेत्रको सूचना एवम् प्रचार-प्रसार सचिव मेघनाथ छेत्रीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement