पत्रकार सौम्या विश्वनाथन हत्या प्रकरणमा ४ जनालाई आजीवन कारावास

Saumya-Vishwanathan

नयाँ दिल्ली: पत्रकार सौम्या विश्वनाथ हत्या प्रकरणमा अदालतले आफ्नो फैसला सुनाएको छ। साकेत अदालतले चारै जनालाई जन्मकैदको सजाय सुनाएको छ। यसका साथै दोषीलाई जरिवाना पनि लगाइएको छ। यस मुद्दाका दोषी रवि कपूर, अमित शुक्ला, बलजीत मलिक र अजय कुमारलाई आजीवन कारावासको सजाय सुनाइएको छ। चारै जनामाथि मकोका मुद्दा लगाइयो। सन् २००८ मा ३० सेप्टेम्बरमा सौम्याको हत्या भएको थियो। राति करिब ३:३० बजे आफ्नो कारमा घर फर्कदै गर्दा उनको गोली हानी हत्या गरिएको थियो। त्यसबेला दिल्ली प्रहरीले यो हत्याको उद्देश्य डकैती भएको दाबी गरेको थियो। सौम्या हत्या प्रकरणमा पाँच जना, रवि कपुर, अमित शुक्ला, बलजीत मलिक, अजय कुमार र अजय सेठीलाई पक्राउ गरिएको थियो र यी सबै अभियुक्तहरू मार्च, २००९ देखि न्यायिक हिरासतमा छन्। दिल्ली प्रहरीले यी सबै अभियुक्तमाथि मकोका लगाएको थियो।

पुलिसबाट प्राप्त जानकारीका अनुसार आईटी प्रोफेसनल जिगीषा घोषको हत्यामा प्रयोग भएको हतियार बरामद भएपछि विश्वनाथन हत्या प्रकरणको रहस्य खुल्यो। मलिकले २०१९ मा उच्च अदालतमा द्रुत सुनुवाइको लागि अनुरोध गरेका थिए। यसपछि उच्च अदालतले आरोपपत्र दायर गरेको साढे नौ वर्ष बितिसक्दा पनि सुनुवाइ किन पूरा हुन नसकेको भन्दै तल्लो अदालतसँग प्रतिवेदन मागेको थियो। अदालतले ढिलाइ हुनुको मुख्य कारण अभियोजन पक्षका साक्षी नहट्नु र विशेष सरकारी वकिलको नियुक्तिमा लागेको समय रहेको बताएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement