खरसाङ: तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समितिमा पदोन्नति गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा र केन्द्रीय महासचिव अमर लामाद्वारा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्रीलाई पार्टीको पनि ठूलो जिम्मेवारी प्रदान गर्दै केन्द्रीय समितिमा लगिएको छ। उनलाई पार्टीले तत्काल प्रभावको साथमा केन्द्रीय समितिमा पदोन्नति गरिएको भनी पत्र प्रदान गरी नियुक्ति दिइएको छ। सभासद नवराज छेत्री वर्तमानमा भागेप्रमो तीनधारे महानदी समष्टीको सचिव पनि हुन्। पार्टीले केन्द्रीय समितिमा हालेर दिइएको उत्तरदायित्व विषयमा सोधिएको प्रश्नको उत्तरमा सभासद नवराज छेत्रीले पार्टीले दिइएको जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै पालन गर्ने बताएका छन्। सभासद नवराज छेत्रीले पार्टीले जुन जिम्मेवारी दिन्छ स्वीकार्दै काम गर्ने पनि बताएका छन्। उनले यस विषयमा भने, ‘मलाई पार्टीको केन्द्रीय समितिमा जिम्मेवारी दिइएको छ। सभासदहरू पनि केन्द्रीय नेतृत्वहरूको नजरमा थियो र केन्द्रीय अध्यक्ष अनित थापाले सभासदहरू पनि पार्टीको पक्का लिडर हो र सभासदहरूले पनि पार्टीको जिम्मेवारी बोकेको हुन्छ र पार्टीको पक्का क्याडर हो भनी बताएकोले नै मलाई पनि यो जिम्मेवारी दिइएको हो। म पनि यो जिम्मेवारीलाई पूर्ण रूपमा पालन गर्नेछु।’ उनले अझ भने, ‘पार्टी अध्यक्ष अनित थापाले काम मान्छेले चार पाँचवटा पदहरूमा पनि बसेर काम गर्नसक्छ भन्नु भएको छ र म पनि जनप्रतिनिधिको रूपमा साथै समष्टीको सचिवको पदमा र केन्द्रीय समितिमा पनि रहेर काम गर्न तयार रहेको छु। यसको साथै पार्टीले दिएको जिम्मेवारीलाई निष्ठापूर्वक पालन गर्दै काम गर्नेछु।’










