गुवाहाटी: विश्वगुरू गुरू नानक देवको ५५४औं जयन्ती आजदेखि गुवाहाटीको गोपीनाथनगर गुरूद्वारामा तीन दिवसीय (२५, २६ र २७ नोभेम्बर) कार्यक्रमको साथ मनाइँदैछ। २५ र २६ नोभेम्बर साझँ ६:३० बजीदेखि राति ९:०० बजीसम्म कीर्तनको व्यवस्था पनि गरिएको छ।
२६ नोभेम्बरमा फेन्सी बजार गुरूद्वाराबाट दिउँसो १२ बजीदेखि धार्मिक जुलूस (नगर-कीर्तन) निकालिनेछ। सोमवार २७ नोभेम्बरमा बिहान ११:०० बजीदेखि एक दिवसीय कार्यक्रमको आयोजना गरिनेछ, जसमा १५ देखि २० हजार श्रद्धालुले हिस्सा लिने अनुमान छ।









