दिसम्बरमा हाम्रो पार्टीले विराट जनभेलाको आयोजना गर्ने

IMG-20231125-WA0199.jpg

गोर्खाहरूको इमान्दारितासँग भाजपा सरकारले खेलाइँची गर्छ भने गोर्खाहरूको साथ पाउने छैन: अजय एडवाडर्स

दार्जीलिङ: दिसम्बर महिनामा हाम्रो पार्टीले विराट जनभेला गर्ने भएको छ।शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा हाम्रो पार्टीले आफ्नो दोस्रो स्थापना दिवस पालन गरयो। आयोजित स्थापना दिवस समारोहमा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। पार्टीको केन्द्रीय कार्यकर्ता एंव महकुमा समितिको नेतृत्वहरू साथै दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक आदि क्षेत्रका नेतृत्वहरूको अपार उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भमा पार्टी प्रमुख एंव केन्द्रीय नेतृत्व हरूको बाहुलीद्वारा दीप जलन एंव पार्टीको झण्डा उतोलन गर्ने कार्यहरू गरियो। कार्यक्रमबीच हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा हामीले पार्टीको दोस्रो स्थापना दिवस भव्य रूपमा पालन गर्ने सोच बनाएका थियौं तर अहिले विद्यार्थी नानीहरूको वार्षिक परीक्षाहरू भईरहेको छ साथै अहिले दार्जीलिङ पहाडमा टुरिजहरूको निकै भीडभाड भएको हुनाले पार्टीको स्थापना दिवस भव्य रूपमा पालन गर्दा अझ धेरै ट्राफिक समस्या आदि जस्ता घटनाहरू घटने भएको हुनाले हामीले सामान्य रूपमा पालन गर्ने निर्णय लिएका हौं उनले भने। तर हामीले दिसम्बर महिनामा दार्जीलिङमा विराट जनभेला गर्ने योजना बनाएका छौं अध्यक्ष एडवाडर्सले भने। उनले अघि भने, भारतीय जनता पार्टीलाई हामीले १५ वर्ष दिईसकेका छौं अनि केन्द्रमा भाजपा गठबन्धनको सरकार छ। केन्द्रको भाजपा गठबन्धनको सरकारले हामीलाई न्याय दिन्छ होला भन्ने हामी सबैको सोचमा रहेको छ अध्यक्ष एडवाडर्सले भने। गोजमुमो, गोरामुमो, गोर्खालीग, क्रामाकपा, हाम्रो पार्टी सबै राजनैतिक दलहरूले केन्द्रको भाजपा सरकारले हामीलाई न्याय दिन्छ होला भन्ने आशा र भरोसा गरेर बसेका छौं। भारतीय जनता पार्टीलाई हामीले इमान्दारिताको साथ १५ वर्षसम्म समर्थन एंव साथ दिन्दै आएका छौं। अब हुने शीतकालीन संसदीय सत्रमा केन्द्रको भाजपा सरकारले गोर्खाहरूलाई न्याय दिन्छ होला भन्ने आशा साचेका छौं। यी सबै विषयहरूलाई ध्यानमा राख्दै हामीले दिसम्बर महिनामा विराट जनभेला गर्ने सोच बनाएका छौं अध्यक्ष एडवाडर्सले भने।भाजपालाई समर्थन गर्दा गोर्खाहरूले कुटाई, चुटाई खाएका छन् अनि आफु स्वयमले पनि १७ वटा भन्दा धेर पुलिस केसहरू पाएको थिए। भाजपा सरकारले गोर्खाहरूको इमान्दारितामाथि खेलवाड गर्छ भने दार्जीलिङ पार्वतीय क्षेत्र लगायत भारतको गोर्खा बहुदलीय क्षेत्रहरूमा गोर्खाहरूको साथ पाउने छैन अध्यक्ष एडवाडर्सले भने। हाम्रो पार्टीले दुई वर्षको भएको छ अनि यो दुई वर्षको अन्तरालभित्र हाम्रो पार्टीले धेरै उताव चढावहरू देखेको छ तर हाम्रो पार्टीले जनताको हित र भलाईको निम्ति कुनै कसर छोडेको छैन हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement