जिल्लाहरूमा संविधान दिवस पालन गरियो

n559668146170091594406739ad51c94330bdbbfe8741b66aca56c9cb02c2e7ac64baf69022cb06c85f8755.jpg

गान्तोक: पश्चिम सिक्किमको गेजिङ र सोरेङ जिल्लामा आज संविधान दिवस पालन गरियो।

गेजिङ जिल्लाको राब्देन्सीस्थित जिल्ला प्रशासनिक केन्द्रमा एडीसी खेमराज भट्टराईको अगुवाईमा संविधान दिवस पालन गरियो।

एडीसी भट्टराईले संविधानको प्रस्तावना पढ़ेर सुनाए। यस अवसरमा एसडीएम त्रिसाङ तामाङ, कार्यालयका प्रमुखहरू र कर्मचारीहरू पनि उपस्थित थिए।

जिल्ला प्रशासनिक केन्द्रका साथै जिल्लाका विभिन्न सरकारी कार्यालय, सार्वजनिक क्षेत्रका उपक्रमहरू र शैक्षिक संस्थानहरूमा पनि संविधान दिवस पालन गरियो।

यसैगरी, सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा पनि आज संविधान दिवस पालन गरियो। एडीसी धिरज सुब्बाले प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूको उपस्थितिबिच संविधानको प्रास्तावना पढ़ेर सुनाए।

संविधान दिवस हरे साल २६ नोभेम्बरको दिन देशव्यापी रूपमा पालन गरिन्छ। यद्यपि, २६ नोभेम्बर आइतवार परेकाले आज नै सो दिवस पालन गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement