आईपीआर विभागले संविधान दिवस पालन गरे

n5596681501700915826150c53e40bc26aa0b9722b13be0b8973c9867dfb6be80e220f487ccecb7df5f2d7a.jpg

गान्तोक: राज्य सूचना एवं जनसम्पर्क विभाग (आईपीआर) ले आज तादोङस्थित सूचना भवनमा संविधान दिवस पालन गऱ्यो। यस अवसरमा विभागकी सचिव कर्म डी. युत्सोले विभागका अधिकारीहरू र कर्मचारीहरू समक्ष प्रस्तावना पढ़ेर सुनाइन्।

समारोहको महत्वपूर्ण पक्ष भनेको संविधानको ‘प्रस्तावना’ पढ्नु र यसको विचारधारालाई कायम राख्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नु रहेको बताइएको छ। २६ नोभेम्बरमा भारतीय संविधान आधिकारिक ग्रहण गरिएको थियो भने प्रत्येक वर्ष २६ नोभेम्बरलाई संविधान दिवसको रूपमा मनाइन्छ।

आईपीआर विभाग अनुसार, भारत सरकारले १९ नोभेम्बर, २०१५ मा २६ नोभेम्बरलाई संविधान दिवस घोषणा गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement