सिक्किम नर्सिङ काउन्सिलको राज्यमा नर्सिङ सेवा र अभ्यासलाई लिएर बैठक

IMG-20230410-WA0169-11-300x172-8

गान्तोक: सिक्किम नर्सिङ काउन्सिलले २४ नोभेम्बर, २०२३ मा सिक्किम गवर्नमेन्ट कलेज अफ् नर्सिङ, गान्तोकमा राज्यभित्र नर्सिङ सेवा र अभ्यासलाई असर गरिरहेका महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न प्रशासनिक स्तरको बैठक बस्यो। बैठकमा दुवै नर्सिङ सेवा र नर्सिङ शिक्षाको प्रशासनिक क्षेत्रका नर्सिङ पेशेवरहरू सहभागी थिए।

सहभागीहरूले सामूहिक रूपमा व्यापक कर्मचारी विकास कार्यक्रमहरू मार्फत नर्सिङ कार्यबललाई सुदृढ गर्नुपर्ने आवश्यकतामाथि बल दिए। नर्सिङ अभ्यासको उच्चतम मापदण्डहरू पालना गर्न र भर्ती प्रक्रियाहरू बढाउनमा जोड दिइएको जानकारी सिक्किम नर्सिङ काउन्सिले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ।

बैठकमा सदस्यहरूले नर्सिङ पेशेवरहरूको समर्पणलाई उत्प्रेरित गर्न पुरस्कार र मान्यता प्रणालीको कार्यान्वयन गर्नुपर्ने वकालत गरे। यसबाहेक, प्रशासनिक तहमा नीतिगत निर्णय प्रक्रियामा नर्सहरूलाई संलग्न गराउने अत्यावश्यक भूमिकामाथि पनि छल्फल गरियो।

बैठकको प्राथमिक उद्देश्य सिक्किम राज्यमा नर्सिङ अभ्यासलाई उकास्ने उपायहरू अघि बढाउनु रहेको बताइएको छ। यी महत्वपूर्ण मामिलाहरूलाई सम्बोधन गरेर सिक्किम नर्सिङ काउन्सिलले राज्यभित्र नर्सिङ सेवा र शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याउने लक्ष्य राखेको छ।

बैठकको नतिजाले सिक्किमको समग्र स्वास्थ्य सेवा परिदृश्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement