एसटीएफले दुई करोड़भन्दा धेरैको मादक पदार्थको साथ अन्तरराज्यिय गुटका छह तस्करलाई समायो

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले दुई करोड़भन्दा धेरै मूल्यको प्रतिबन्धित मादक सिरप फेन्सीडिलको साथ छह तस्करलाई पक्राउ गरेको छ। दक्षिण दिनाजपुर जिल्लाको गंगा रामपुर थाना अन्तर्गत राष्ट्रिय राजमार्ग ५१२ मा जमुना पेट्रोल पम्प नजिक पक्राउ गरिएको छ। एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले भने, शुक्रवार राति ठोस सूचनाको आधारमा पुलिसले पट्रोलपम्पमा एक १२ चक्के ट्रक, जुन उत्तर प्रदेशबाट आएको थियो, त्यसलाई रोकेर त्यसबाट एउटा बोलेरो र एउटा पिकअप भ्यानबाट फेन्सीडिल जफत गऱ्यो। यसको कूल ओजन ३०३० लीटर छ।

पक्रा पर्नेहरूको पहिचान बिहारको वैशाली निवासी सुमनकुमार सिंह (३७) र उत्तर प्रदेशको आजमगढ़ निवासी हरिन्दर मौर्य (३८) को रूपमा गरिएको छ। बाकी चार पश्चिम बंगालको गंगारामपुरको बासिन्दा हुन्। जसको पहिचान माधव हालदार (४०), गगन पाल (४५), परिमल सील (४०) र प्रणव साहा (३३) को रूपमा गरिएको छ। यी सबै विरूद्ध गंगारामपुर थानामा एनडीपीएस एक्टका धाराहरू अन्तर्गत मामिला दर्ता गरी अघिको कारबाही शुरू गरिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement