सिलगढ़ीः सिलगढ़ी नगरनिगमले सीएम पोर्टलमा शिकायतपछि शनिवार ३० नम्बर वार्डको देशबन्धुपाड़ाको गोपाल मोड़मा एक अवैध निर्माणलाई भत्काइएको छ। यस अवधि निगमका कर्मचारीहरूलाई घरको महिलाको विरोधको सामना गर्नपऱ्यो।
सिलगढ़ी नगरनिगमको असिस्टेन्ट इन्जीनियर ब्रिजित आइचले भने, सिलगढ़ी नगरनिगमको ३० नम्बर वार्डको देशबन्धुपाराको गोपाल मोड़बाट एक व्यक्तिले अवैध निर्माणलाई लिएर “मुख्यमन्त्री के बोलो पोर्टल” र सिलगढ़ी नगरनिगमलाई एउटा शिकायत गरेको थियो। शिकायतको जाँचपछि तीनपल्ट घरकी मालिक मिताली पाललाई अवैध निर्माण तोड्नका लागि नोटिस पठाइएको थियो। जसको कुनै जवाफ नपाउँदा आज अवैध निर्माणको हिस्सालाई भत्काइएको छ।

अर्कोतिर मितालीले भनिन्, म आफैले नै निर्माण तोड्नेथिए। जसको निम्ति निगमसित मैले १५ दिनको समय सीमा मागेकी थिए। यद्यपि, सिलगढ़ी नगरनिगमले मलाई समय दिएन।









