गान्तोक: राज्यका छुटेका १२ जात गोष्ठीलाई जनजातिको माग सम्बन्धमा एउटा महत्वपूर्ण बैठक मुख्यमन्त्री प्रेम सिंह तामाङको अध्यक्षतामा सम्मान भवनमा सम्पन्न भयो। बैठकमा १२ जात गोष्ठी समितिका अध्यक्ष टीएन ढकालले समितिले जनजाति माग बारे गरेका आजसम्मका कार्यवाहीको मस्यौदा प्रस्तुत गरे।
जवाफमा, मुख्यमन्त्रीले यस विषयमा राज्य सरकारको गम्भीर दृष्टिकोणलाई दोहोऱ्याए। उनले यस मागमा सरकारको समर्थनको पुष्टि गरे र आगामी दिसम्बरको पहिलो हप्तामा एउटा प्रतिनिधि टोली लिएर नयाँ दिल्ली जाने वचन दिए। उक्त प्रतिनिधि टोलीले १२ जात गोष्ठीलाई जनजातिको माग सन्दर्भमा प्रधानमन्त्री र गृहमन्त्री साथै जनजाति मामिल मन्त्रीलाई भेट्नुको साथै सम्बन्धित सबै निकायमा पुगेर माग राख्ने मुख्यमन्त्री तामाङको भनाइ रहेको छ।










