पाकिम: आईओसीएलको बागेखोलास्थित एलपीजी बोटलिङ प्लान्ट परिसरमा आज बाढ़ प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरियो। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको बाहुलीद्वारा प्रभावित परिवारहरूलाई राहत सामग्रीहरू वितरण गरिएको छ।
जानकारी अनुसार, आईओसीएलले आफ्नो सीएसआर योजना अन्तर्गत एलपीजी किट्स र १०० वटा ब्ल्याङ्केट उपलब्ध गराएको छ। आज १० जना बाढ़ प्रभावित परिवारलाई राहत सामग्री वितरण गरियो। रहल राहत सामग्रीहरू आईओसीएलले आफ्ना एलपीजी वितरकहरूको माध्यमद्वारा वितरण गर्ने बताइएको छ।
यस अवसरमा रम्फूका एसडीएम र एसडीपीओ, आईओसीएलका अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।








