एनईपी २०२० भारतमा शिक्षाको इतिहासमा एउटा प्रमुख माइलखुट्टीः राज्यपाल आचार्य

n5594376001700841035070bce255b793cd20ffe63415625597fa834be39e03fa3e98f11718147a8d44e529.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य आज राजधानीको चिन्तन भवनमा ‘ओपन स्कूलिङ एण्ड स्किल एजुकेशन बोर्ड’ द्वारा आयोजित काउन्सिल अफ् बोर्ड अफ् स्कूल एजुकेशन इन इण्डिया- को ५२औं सम्मेलनमा सहभागी बने।

सम्मेलनको विषय ‘राष्ट्रिय शिक्षा नीति २०२० को कार्यान्वयनः स्कूल शिक्षा बोर्डहरूको भूमिका’ रहेको थियो। यो सम्मेलन राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० को सम्बन्धमा समझलाई बढावा दिनु रहेको थियो भनी राजभवनले प्रेस विज्ञप्तिमा जानकारी गराएका छ।

सम्मेलनमा मुख्य अतिथिको रूपमा उपस्थित राज्यपाल आचार्यले भने, ‘ओपन स्कूलिङ एण्ड स्किल एजुकेशन बोर्ड द्वारा ‘नयॉं शिक्षा नीति २०२० कार्यान्वयनमा स्कूल शिक्षा बोर्डहरूको भूमिका’ जस्तो गहन विषयलाई चयन गर्नु र यसमाथि विचार विमर्श गर्नु नयॉं भारत, नयॉं आशा, नयॉं आवश्यकताहरूको पूर्तिको सशक्ति माध्यम हो।’ उनले सम्मेलनका आयोजकहरूको सराहना गर्दै शिक्षाको क्षेत्रमा राज्य सरकारको प्रतिबद्धताको पनि प्रशंसा गरे।

राज्यपालले अघि भने, ‘ओपन स्कूल र कौशल शिक्षा बोर्डले ड्रप आउट नानीहरूलाई आफ्नो शिक्षा पूरा गर्ने कार्यमा पूलको काम गर्नेछ, जसले कुनै परिस्थितिका कारण आफ्नो पढाई पूरा गर्नमा चुनौतीहरूको सामना गरिरहेका छन्।’ उनले भने, ‘भारत संसारको सबैभन्दा प्राचीन सभ्यताहरू र संस्कृतिहरू मध्ये एक हो। यहॉं एउटा संगठित गुरुकुल प्रणाली फैलिएको थियो र नालान्दा, तक्षशिला, विक्रमशिला आदि जस्ता उच्च शिक्षाका धेरै विश्व प्रसिद्ध संस्थानहरू थिए, जहॉं अध्ययन गर्न र ज्ञान प्राप्त गर्न टाड़ा-टाड़ाबाट विद्यार्थीहरू आउने गर्थे।’

राज्यपाल आचार्यले आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गर्दै भने, ‘प्रधानमन्त्री जीको कुशल अगुवाईमा हामीलाई नयॉं शिक्षा नीति प्राप्त भएको छ। एनईपी २०२० भारतमा शिक्षाको इतिहासमा एउटा प्रमुख माइलखुट्टी बनेर अघि आएको छ, जसको उद्देश्य नै हाम्रो देशमा शिक्षा प्रणालीमा परिवर्तन र सुधार हो।’

उनले आयोजकलाई बधाई दिॅंदै भने, ‘सम्मेलनमा गरिएका सामूहिक विचार विमर्श बोर्डहरू र राज्य सरकारहरूको निम्ति बहुमूल्य सिद्ध हुनेछन्, जसले प्रधानमन्त्रीका दृष्टिकोणलाई पूरा गर्ने दिशामा र नीतिलाई प्रभावी तरिकाले लागू गर्नमा सहयोग पुग्नेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement