मन्त्री शेर्पाले गरे तीन दिवसीय मत्स्य महोत्सवको उद्घाटन

IMG-20231124-WA0237.jpg

सोरेङ: सोरेङ जिल्लाको श्रीबदममा आजदेखि तीन दिवसीय राज्य स्तरीय मत्स्य महोत्सव २०२३-को विधिवत उद्घाटन उर्जा तथा यातायात विभागका मन्त्री एमएन शेर्पाले गरे। उनी प्रथम दिनको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनको साथमा राज्य स्तरीय मत्स्य महोत्सवका संरक्षक एवं क्षेत्र विधायक केएस लेप्चा लगायत सम्वन्धित विभागका अधिकारीगण र माछापालकहरू उपस्थिति थियो।

स्मरण रहोस्, श्रीबदममा राज्य स्तरीय मत्स्य महोत्सव २०१९ सालमा पनि भव्य रूपमा आयोजना गरिएको थियो। वर्तमान समयमा सिक्किममा कृषकहरुले माछा उद्योगलाई व्यावसायिक रूपमा बिस्तार गरिरहेको बेला यस्ता कार्यक्रमको आयोजनाले माछापालक कृषकहरुलाई भरपूर फाइदा पुग्ने मत्स्य निर्देशालयले बताएको छ।

यहाँ आयोजित महोत्सवमा कुल २२ वटा स्टलहरु प्रदर्शनीको लागि लगाइएको छ। केन्द्र सरकारले माछापालन कृषकहरुलाई प्रोत्साहित गर्न प्रधानमन्त्री मत्स्य सम्पादा योजनाको (पीएमएमएसवाई) १० सेप्टेम्बर, २०२० मा शुरुवात गरिएको थियो। यस केन्द्रीय योजना २०२५ सम्म चल्नेछन्।

श्रीबदम अहिले ट्राउस माछा उत्पादनको केन्द्र बन्दैछ। अप्पर श्रीबदनमा प्रधानमन्त्री मत्स्य सम्पदा आयोजना (पीएमएमएसवाई) अन्तर्गत ह्याचरी भवन निर्माण गरिएको छ भने उक्त भवनको उद्घाटन राज्यका मुख्यमन्त्री प्रेससिंह तामाङले आउँदो २६ नोभेम्बरको गर्ने कार्यक्रम रहेको छ।

सोरेङ जिल्लाका अप्पर शिरिबदमका सत्तरी प्रतिशत नागरिकहरुले जीविकोपार्जनको निम्ति ट्राउट माछा उत्पादन गरि राज्यमा उदाहरण नै पेश गरेको छ। सरकारको सहयोगमा ट्राउट रेडिङ सहकारी समिति श्रीबदमले ट्राउट माछा पालन गरेर राज्यका युवा जमातलाई ट्राउट माछा पालनप्रति अभिप्रेरित गरिरहेको अवस्था छ। माछा पालन गरेर मात्रै श्रीबदमका कृषकहरुले वर्षेनी लाखौं लाख रुपियाँ आर्जन गरिरहेका छन्।

स्मरण रहोस्, ट्राउट फार्मिङमा सिक्किम राज्य जम्मू-काश्मीर पछि दोस्रो अधिक उत्पादन गर्ने राज्य हो। ट्राउट माछा उत्पादनमा तेस्रो नम्बरमा हिमाचल प्रदेश रहको छ। सिक्किममा माछाको वार्षिक माग ६,००० मेट्रिक टन रहेको छ तर सिक्किममा वर्तमानमा चार सय ६५ मेट्रिक टन मात्रै उत्पादन हुन्छ। सिक्किममा लगभग साढे पाँच हजार मेट्रिक टन माछा बाहिरी राज्यबाट बजारको मागलाई ध्यानमा राख्दै सिक्किम राज्य भित्र्याउने गरेको जानकारहरुको अभिमत छ।

यहाँ आयोजित माछा महोत्सव सँगसँगै आमनागरिकहरुलाई मनोरञ्जन दिलाउन राज्य स्तरीय भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ। आजदेखि आरम्भ भएको उक्त भलिबल प्रतियोगितामा कूल आठवटा दलले अंशग्रहण गरेका छन्।

आज खेलिएको पहिलो म्याचमा बैगुणे बीएसीले कलुक बीएसीलाई लगातार सेटमा परास्त गर्दै अघिलो चरणमा प्रवेश गरेको छ। यसरी नै दोस्रो म्याचमा दरमदिन बीएसीले मंगलबारिया बीएसीलाई परास्त गरे। यस प्रतियोगिताका बिजेता र उपविजेता दललाई नगद राशि एक लाख र सत्तर हजार रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement