बंगालमा अझ् एक मामिलामा शुरू भयो सीबीआई जाँच

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः पश्चिम बंगालमा अझ् एक मामिलामा केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) को जाँच शुरू भएको छ। केन्द्रिय शिक्षा मन्त्रालयले राज्यका सरकारी स्कूलहरूमा चल्ने पीएम पोषण योजनामा भ्रष्टाचारको जाँचको निम्ति सीबीआई जाँचको सिफारिश गरेको छ। पश्चिम बंगाल विधानसभाका नेता प्रतिपक्ष एवं वरिष्ठ भाजपा विधायक शुभेन्दु अधिकारीले यससित सम्बन्धित दस्तावेज सोशल मीडियो प्लेटफार्म एक्समा साझा गरेका छन्।

यसमा उनले भऩे, केन्द्रिय शिक्षा मन्त्रालयले पीएम पोषण योजनाको फण्डको दुरूपयोग र डायवर्सनको जाँच सीबीआईद्वारा गराउने अऩुशंसा गरेको छ। अधिकारीले केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानसित यस मामिलामा संलिप्तहरू विरूद्ध क़ड़ा कारबाहीको अपील गरेका छन्।

उनले भने, स्कूलहरूमा यस भ्रष्टाचारबारे उनले स्वयं केन्द्रिय शिक्षा मन्त्रालयलाई चिट्ठी लेखेका थिए। यति मात्र होइन उनले क्यागसित यस मामिलामा वित्तीय अनियमितताको अडिट गर्न अनुरोध गरेका थिए। उनले दाबी गरे, केन्द्र सरकारले राज्यलाई पीएम पोषण योजना अन्तर्गत २१०० करोड़ रूपियाँको फण्ड दिएको छ, जसमा व्यापक रूपमा भ्रष्टाचार भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement