कोलकाताः देशको राजधानी दिल्लीमा सर्दी शुरू हुनसाथ हावाको गुणवत्ता खराब भएको थियो। यसैगरी अब पश्चिम बंगालमा पनि जब पूरा देशभन्दा सबैभन्दा पछाड़ी सर्दी शुरू भएको छ, यहाँपनि राजधानी कोलकातामा हावाको गुणवत्ता खराब हुन थालेको छ। राजधानी कोलकातामा वायुको गुणवत्ता लगातार खराब श्रेणीमा बनेको छ, जसबाट आम जनमा स्वास्थ्यलाई लिएर चिन्दा बढ़ेको छ। पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्ड (डब्ल्यूबीपीसीबी) का अधिकारी अनुसार, बिहिवार साँझ छह बजी कोलकाताको बालीगंज क्षेत्रमा वायु गुणवत्ता सूचकांक (एक्यूआई) २९६, विधाननगरमा २८४ तथा यादवपुरमा २५२ रह्यो। अन्य वायु निगरानी स्टेशनहरूमा रविन्द्र सरोवरमा साँझ छह बजी एक्यूआई २५४ दर्ता गरियो, जुन खराब श्रेणीमा पर्छ।
काली पूजा र दिवालीमा शहरभरि एक्यूआई १८९ देखि २५५ बीच दर्ता गरिएको थियो तर सर्दी शुरू हुनसाथ न्यूनतम तापक्रम २० डिग्री सेल्सियसभन्दा तल झरेपछि सास सम्बन्धी समस्याहरू बढ्न थालेको छ। शून्य र ५० बीच एक्यूआईलाई ‘राम्रो’, ५१ र १०० बीच ‘सन्तोषजनक’, १०१ र २०० बीच ‘मध्यम’, २०१ र ३०० बीच ‘खराब’, ३०१ र ४०० बीच ‘धेरै खराब’, ४०१ र ४५० बीच ‘गम्भीर’ र ४५० भन्दा माथिलाई ‘‘धेरै गम्भीर’’ मानिन्छ।
-हिस








