ममताको निर्देशमा विधानसभामा तृणमूल विधायकहरूको हाजिरी

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगाल राज्य विधानसभाको शीतकालीन सत्र आजदेखि शुरू भएको छ। विधानसभामा विधायकहरूको उपस्थिति सुनिश्चित गर्न सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले हाजिरीको परम्परा शुरू गरेको छ। यसको निम्ति रजिस्टरमा विधायकहरूले हस्ताक्षर गर्नुपर्छ।

मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा नियम लागू गरिएको छ तर यसमा पनि कोलकाताका मेयर र ममता क्याबिनेटमा दिग्गज मन्त्री फिरहाद हकीमले रोष व्यक्त गरेका छन्। हामी नानी होइनौं, उनले भने। उनको साथमा खड़ा अन्य मन्त्रीहरूले भने, मैले हस्ताक्षर त गरे तर म यससित एकदमै सहमत छुइन। सूत्रहरू अनुसार, उनको यो बयान सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसलाई मन परेको छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement