भ्रष्टाचारमा सामेल सबै अधिकारीहरूमाथि कठोर कारबाही गरिने

IMG-20230410-WA0169-11-300x172-6

इटानगर: अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूको भनाई छ कि शिक्षा विभागमा अवैध नियुक्तिहरूमा सामेल सबै अधिकारीहरू विरूद्ध कठोर कारबाही गरिनेछ।

मुख्यमन्त्रीले यी कुरा आज राज्य शिक्षा विभागद्वारा २५५ फर्जी नियुक्ति पाइएका अधिकारीहरूलाई पदबाट बर्खास्त गरिनुबारे सोधिएको प्रश्नको जवाफमा भनेका हुन्।

मुख्यमन्त्रीले भने, राज्य जाँच सेल (एसआईसी) र शिक्षा विभागले यस मामिलाको जाँच गरिरहेछ र यस मामिलामा सामेल सबै अधिकारीहरू विरूद्ध कठोर कारबाही गरी न्याय दिलाइनेछ किनभने यो सरकारले भ्रष्टाचारमाथि जीरो टलरेन्स अन्तर्गत काम गर्दछ।

शिक्षा विभागले हालमा २५५ अवैध नियुक्तिहरूलाई समाप्त पत्र जारी गरेको छ। अवैध नियुक्तिहरू पीआरटी, टीजीटी, अपर डिविजन कर्लक (यूडीसी), लोवर डिविजन कलर्क (एलडीसी) र एमटीएस आदि पदहरूका लागि निकालिएको थियो, जसलाई अरुणाचल प्रदेश कर्मचारी चयन बोर्ड (एपीएसएसबी) भर्ती नियम, २०१८ को उल्लङ्घन गर्दै २०२० देखि अवैध रूपमा नियुक्त गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement