आम जनगणले २०२४-मा एसडीएफको सरकार फर्काइल्याउने अठोट गरिसकेकोः एसडीएफ

n55942186417008382390431269da220b7affdbae5a559c019ab1d2c4fa9ed25ad9a0b7ad4b9eb09b1c7876.jpg

गान्तोक: राज्यको प्रमुख विपक्षी एसडीएफ पार्टीमा सामेल भएका भाइचुङ भोटियामाथि कथित नकारात्मक टिप्पणी गरेकोमा एसडीएफले सत्तारूढ़ एसकेएम पार्टीको तीखो आलोचना गरेको छ।

भाइचुङ भोटियामाथि नकारात्मक टिप्पणी गर्नु भनेको आकाशतिर फर्किएर आफ्नो हत्केलाले सुर्यलाई छेकेर पृथ्वी अन्धकार बनाउँछु भनेजस्तै हो भनी एसडीएफले बताएको छ।

एसडीएफ पार्टीको प्रचार-प्रसार मामिलाका उपाध्यक्ष कृष्ण खरेलले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, राजनीतिमा नीति, सिद्धान्त र योजनाहरूको प्रतिस्पर्धा हुन्छ। माटो, पहिचान, अधिकार, स्वतन्त्रता र स्वामित्व राजनीतिका महत्वपूर्ण मुद्दा हुन्। सिक्किम डेमोक्रिटक फ्रण्ट (एसडीएफ)-का यिनै महत्त्वपूर्ण मुद्दाबाट सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) अहिले अतालिएको छ।

उनले अघि भनेका छन्, परिवर्तनको फोस्रो नारा लिएर आएको एसकेएम पार्टीले बितेको साढे चार वर्ष भित्रमा सिक्किमको अर्थतन्त्रलाई बर्मालुट गर्नु, माटो, अधिकार, पहिचान, स्वतन्त्रता र सिक्किमेको स्वामित्वलाई बाहिरका पुँजीपतिको हातमा थमाइसकेको सत्य कसैबाट लुकेको छैन। भ्रष्टाचारले सीमा नाघेको छ भने सिक्किममा कानुनी राज समाप्त भएको छ।

उनले आज सबै प्रजातन्त्रवादी, सिक्किमप्रेमी, भ्रष्टाचार विरोधी, माटोप्रेमी, सिक्किमको अस्मिता र पहिचानप्रेमी व्यक्तिहरू भटाभट एसडीएफमा प्रवेश गर्दै एसकेएमको जनविरोधी र सिक्किम विरोधी चरित्र उदाङ्गो बनाइरहेको दाबी गरेका छन्। आम जनगणले २०२४-मा एसडीएफको सरकार फर्काइल्याउने अठोट गरिसकेको पनि दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement