कालचिनीः शुक्रबार साम्प्रदायिक सद्भाव अभियान तथा झण्डा दिवसको अवसरमा ५३औँ सशस्त्र सीमा बलले आम नागरिकबीच साम्प्रदायिक सद्भाव कायम राख्न र एकता र अखण्डता कायम राख्न भारत-भोटाङका सीमावर्ती क्षेत्र फालकाटामा विभिन्न र्याली तथा सेमिनार सम्पन्न गऱ्यो।
कार्यक्रममा सशस्त्र सीमा बलका कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम दान गरेका थिए भने संकलित रकम प्रभावकारी पुनर्स्थापना योजना अन्तर्गत साम्प्रदायिक, जातीय वा आतंकवादी हिंसाबाट पीडित अनाथ तथा असहाय बालबालिकालाई सहयोग उपलब्ध गराउन प्रयोग गरिने एसएसबी सुत्रले जनाएका छन्। बटालियनका अधिकृतहरूले देशमा साम्प्रदायिक सद्भाव कायम राख्नु र देशको एकता र अखण्डतालाई अक्षुण्ण राख्नु प्रत्येक नागरिकको कर्तव्य भएको सैनिक र आम नागरिकलाई सम्बोधन गरेका थिए। कार्यक्रममा बटालियनका कार्यवाहक कमाण्डेन्ट श्री दिलीप कुमार सरकार लगायत मातहतका अधिकृतहरु र सबै सैनिकहरूको उपस्थिति रहेको थियो ।











