कोलकाताः महानगर कोलकातामा दिनको उज्यालोमा एक युवकको धारिलो हतियारले हत्या गरिएको छ। धेरै पल्ट छूरीले हमला गरिएको यो घटना अरू कतै नभएर कोलकाताको चित्तपुर थाना क्षेत्रको पुलिस कियोस्कको ठीक सामू भएको छ। घटना शुक्रवार भएको हो। मृतकको पहिचान काशीपुर निवासी शेख दुलारा (२९) को रूपमा गरिएको छ। धेरै पल्ट छूरीले हमला गर्दा रगत बगेको कारण उसको मृत्यु भएको छ।
पुलिस सूत्रहरू अनुसार, गम्भीर अवस्थामा उसलाई आरजी कर अस्पताल लगियो, जहाँ चिकित्सकहरूले जाँचपछि मृत घोषित गरेका छन्। स्थानीय मानिसहरूले युवक गम्भीर अवस्थामा सड़कमा ल़ड़ेको सूचना पुलिसलाई दिएका थिए, जसपछि पुलिस टीम घटनास्तलमा पुग्यो। एक संदिग्धलाई हिरासतमा लिएर सोधपुछ जारी छ तर अहिलेसम्म गिरफ्तारी भएको छैन। युवकमाथि किन हमला गरियो, यो अहिले स्पष्ट छैन। सीसीटीभी फुटेज हेरेर पुलिसले जाँच शुरू गरेको छ।
-हिस











