मुख्यमन्त्री ममता आगामी महिना दिल्ली जाने

mamata-banerjee-bgbs-225743645-16x9.jpg

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी आउँदो महिना दिल्ली गइऱहेकी छऩ्।उनले प्रधानमन्त्री मोदीसित पनि भेट गर्नेछिन्। यो जानकारी सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका एक वरिष्ठ नेताले शुक्रवार बिहान दिए। उनले भने, सय दिनको रोजगार गारन्टी योजना (मनरेगा) को फण्ड रिलीज गराउनका लागि ममता दिल्ली जानेछिन्। दिसम्बरको तेस्रो हप्ता ममताको दिल्ली जाने कार्यक्रम छ। उनको साथमा पार्टीका धेरै सांसहरू पनि हुनेछन्। उनले प्रधानमन्त्री मोदीसित भेट्ने समय मागेकी छन् र बंगालले पाउनुपर्ने बाकीमाथि चर्चा गर्नेछिन्।

भाजपाका एक वरिष्ठ नेताले यसबारे भने, ममताले दबाउको राजनीतिको सहयोग लिइऱहेकी छऩ्। उनलाई थाहा छ, आगामी केही महिनामा देशमा लोकसभा चुनाउ हुनेछ। उनले केन्द्रसित बंगालको बाकीको माग गर्दै घरि-घरि प्रश्नको घेरामा ल्याएर यसको राजनीतिक लाभ लिन चाहन्छिन् तर बंगालवासीलाई थाहा छ, मनरेगामा व्यापक स्तरमा भ्रष्टाचार भएको छ। जसलाई वास्तविक रूपमा मनरेगामा काम गर्नका लागि सामेल गरिनुथियो, उनीहरूलाई सामेल गरिएन औं केवल तृणमूल कांग्रेसका कार्यकर्ताले त्यसमा काम गर्छऩ्।

१० जनाले काम गर्दा ३० जनाको हाजिरी लगाएर रूपियाँ लिइएको छ। नियम अनुसार, राज्यहरूले केन्द्रबाट पाउने फण्डको पूरा हिसाब क्यागलाई पठाउनुपर्छ तर बंगाल सरकारले केन्द्रबाट पाउने राशिको हिसाब नै दिँदैन। यसैले मनरेगाको फण्ड रोकिएको छ। उनले हिसाब पठाएको भए फण्ड रिलीज हुनेथियो तर राज्य सरकारले जानीबुझेर पठाइऱहेको छैन ताकि लोकसभा चुनाउअघि यसमा राजनीति गर्नसकियोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement