वन्यजीव तस्करीको मामिलामा ३ बर्षको सजायसँगै १० हजार रुपियाँ जरिमाना

2a979aca-c514-4307-984f-b47a00d12c65

कालचिनीः विगत फरवरी महीनाको ४ तारिक बक्या ब्याघ्र प्रकल्पको पूर्व डिभिजनका बनकर्मीहरूले कुमारग्राम माराखाताका हसन मियाँ उमेर २९ लाई ७ वटा हिल मैना चरासितै पक्राउ गरेको थियो। पक्रा परेका हसन मियाँलाई अलिपुरद्वार संसोधानागारमा विचाराधीन कैदीको रुपमा राखिएको थियो भने प्रायः ९ महीनाको अन्तरालमा आरोपी हसन मियाँलाई अलिपुरद्वार जिल्ला अदालतले शुक्रबार ३ महीनाको सजायसँगै १० हजार रुपियाँको जरिमाना तोकेका छन्। बक्सा ब्याघ्र प्रकल्प पूर्वका डीएफडी देवाशीष शर्माले वाइल्डलाइफ प्रोटेक्शन एक्ट १९७२ अनुसार विलुप्तिको संघारमा रहेको पहाड़ी मैना चराको तस्करी गर्न लागेको हसन अलीलाई बन विभागले पक्राउ गरेर अदालतमा पठाएको थियो भने विचाराधीन आरोपीलाई शुक्रबार माननीय जिल्ला अदालतले ३ बर्षको सजायसँगै १० हजार रुपियाँको जरिमानाको सजा सुनाएको ताकि कसैले पनि वन्यजीव तस्करी गर्ने प्रयास नगरोस् भन्ने यो उदाहरण भएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement