टेक्नो इण्डिया ग्रुपद्वारा टेक्नो ओलम्पिका नाइट्सको तेस्रो संस्करणको घोषणा

Mascot-Unveil

कोलकाता: पूर्वी भारतको निजी शिक्षा समूह, टेक्नो इण्डिया ग्रुपले २९ नोभेम्बरमा शुरु हुने अन्तर विद्यालय खेलकुद प्रतियोगिता टेक्नो ओलम्पिका नाइट्सको तेस्रो संस्करणको घोषणा गरेको छ। पश्चिम बंगाल भरिका स्कूलहरूमा हुने यो खेलकुद ४ दिसम्बरमा समापन हुनेछ। कार्यक्रमको शुभचिन्तक र आधिकारिक थिम गीत दिव्यन्दु बरुआ, चेस ग्रान्ड मास्टर, र श्रीप्रेमजीत सेन, रेफ्री तथा निर्णायक, विश्व कराते महासंघ र एसियाली कराते महासंघ, प्रा. मनोशी रोयचौधरी, सह-अध्यक्ष, टेक्नो इण्डिया ग्रुप र मेघदूत रोय चौधरी, ‘मेक कलकत्ता रिलेभेन्ट अगेन’का संस्थापक तथा टेक्नो इण्डिया ग्रुपका चीफ इनिभेशन अधिकारीको को उपस्थितिमा सार्वजनिक गरिएको छ। संगीता टन्डन, श्री शिक्षातन स्कूल, कोलकाताकी प्रिन्सिपल, नीता कनोरिया, विंग्स प्रि स्कूल, डे केयर एण्ड एक्टिभिटी सेन्टरका प्रिन्सिपल, प्रोफेसर शबिना एन ओमर ओएसडी, शिक्षा निर्देशनालय, उच्च शिक्षा विभाग पश्चिम बंगाल सरकार अनि युईईएफका संस्थापक निर्देशक ब्रतती भट्टाचार्य जस्ता अन्य विशिष्ट व्यक्तिहरूको सम्मेलनमा उपस्थिति रहेको थियो।

सहभागी विद्यालयहरूको लागि दर्ता प्रक्रिया निःशुल्क रहेको प्रेस विज्ञप्तिमा बताएको छ। अघिल्ला संस्करणहरू जस्तै व्यक्तिगत पदक र प्रमाणपत्र बाहेक, उत्कृष्ट तीन विद्यालयहरूलाई पदक तालिकामा क्रमशः रु ५०,०००/-, रु ३०,०००/- र रु २०,०००/-को नगद पुरस्कार प्रदान गरिनेछ। यसका साथै, उत्कृष्ट प्रदर्शनकर्ता, उत्कृष्ट चियरिङ स्कुल, फेयर प्ले र रु. ५०००/ को विशेष नगद पुरस्कार र पदक तालिकामा उत्कृष्ट औसत अंक ल्याउने विद्यालयलाई ट्रफी सहित पुरस्कार हुनेछ (कम्तीमा ५ खेल प्रयास गरिएको)।

‘टेक्नो ओलम्पिका नाइट्सको प्राथमिक लक्ष्य पश्चिम बंगालका शीर्ष युवा खेलाडीहरूलाई एउटै छानामुनि ल्याउनु र शिक्षामा खेलकुदलाई प्रवर्द्धन गर्नु हो। यसबाहेक, पहलले खेलकुदको विस्तृत श्रृंखलालाई प्रवर्द्धन र लोकप्रिय बनाउने अवसरको रूपमा काम गर्नेछ जुन प्रायः शहरमा उजागर हुने अवसर प्राप्त हुँदैन’, टेक्नो इण्डिया ग्रुपकी सहअध्यक्ष प्रा. मनोशी रोयचौधरीले बताएकी छन्l प्रतियोगितामा फाइभ ए साइड फुटबल, भलिबल, हक्की, टेबलटेनिस, ब्याडमिन्टन, लङ जम्प, डिस्कस थ्रो, व्यक्तिगत दौड/रिले दौड, फ्रि स्टाइल पौडी, आर्चरी र चेस जस्ता खेलकुदहरू समावेश छन्। निम्न वर्गहरू: केटाहरू, केटीहरू, जुनियर र सिनियर वर्ग छन्l टेक्नो ओलम्पिका नाइटहरू टेक्नो इण्डिया, सल्ट लेक क्याम्पस, स्पड्डी ब्याडमिन्टन एकेडेमी र स्पोर्ट्स अथोरिटी अफ इण्डिया (एसएआई) कम्प्लेक्ससहित धेरै स्थानहरूमा आयोजना हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement