फेसन डिजाइनर प्रबल गुरुङ काठमाडौंमा, बौद्ध गुम्बामा गरे ध्यान

Screenshot_20231124_142816_Dailyhunt.jpg

काठमाडौंः विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला काठमाडौंमा छन् । शुक्रबार बिहान उनी बौद्धस्थित सेचेन गुम्बामा देखिए, जहाँ उनले केही घण्टा ध्यानमा बिताए । केही दिनअघि न्युयोर्कबाट काठमाडौं आइपुगेका उनको नेपाल बसाइ भने छोटो छ । एक-दुई दिनमै उनी मुम्बई जाने तयारीमा छन् ।

सेचेन गुम्बामा प्रबलले योग र ध्यान सिकेका थिए । यसअघि नेपाल आउँदा व्यस्तताले आफू उक्त गुम्बामा जान नपाए पनि यसपटक भने समय निकालेर पुगेको प्रबलले बताएका थिए । उनले बौद्ध गुरुबाट गुम्बामा ध्यान सिके । गुम्बाअघि प्रबलले केही आकर्षक तस्वीर पनि खिचाएका छन् । काठमाडौंमा रहँदा उनले आफ्नो सामाजिक संस्था शिक्षा नेपालको काममा व्यस्त हुने स्रोतले जनाएको छ । त्यसपछि उनी मुम्बई जानेछन् ।

अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामा, बेलायती राजकुमारी केट मिडल्टनदेखि विश्वचर्चित हलिउड र बलिउड सेलिब्रिटीको पहिरन डिजाइनले उनी परिचित छन् । उनले अमेरिकामा एसियाली-अमेरिकीहरुको हकहितमा आवाज उठाउँदै आएका छन् । प्रबलको काठमाडौंको नयाँ बानेश्वरमा घर छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement