१३औं सिलगढी महाकाम पुस्तक मेला ११ देखि १७ दिसम्बरसम्म

023fd3a8-100e-49c2-9e05-27057da16e2c

सिलगढी: १३औं सिलगढी विभागीय पुस्तक मेला ११ दिसम्बरबाट सुरु हुँदैछ। प्रदेश सरकारको पुस्तकालय तथा जनशिक्षा विभागले मेला आयोजना गरेको हो। शुक्रबार सिलगढीमा मिडियालाई भेट्दै सिलगढीका मेयर गौतम देवले मेलाको बारेमा जानकारी दिए। यो मेला ११ दिसम्बरदेखि १७ दिसम्बरसम्म सिलगढी तराई तारापद आदर्श विद्यालय मैदानमा आयोजना हुने उनले बताए। विभिन्न स्थानबाट करिब ४० देखि ५० स्टल रहनेछन्। ग्रामीण, सहरी र जिल्लामा रहेका पुस्तकालयलाई प्रदेश सरकारले १५ हजार, १८ हजार र ४ हजार रुपियाँ दिने र त्यसबाट पुस्तक खरिद गरिने छ। यस वर्षको पुस्तक मेलाको नारा ‘भाषा सिकौँ, किताब लेखौँ’ रहेको छ। यही नारालाई मध्यनजर गर्दै उद्घाटन दिवसमा ऱ्यालीको आयोजना गरिने भएको छ। साथै पुस्तक मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement