सिलगढी: घोषपुकुर फुलबारी बाइपास रोडको निर्मलजोतमा बिस्कुटले भरिएको ट्रकमा आगजनी भएको छ। यो घटनाले पूरै क्षेत्रमा सनसनी फैलाएको छ। बिस्कुट बोकेको ट्रक फुलबारीबाट कोलकातातर्फ गइरहेको बताइएको छ। त्यसपछि सडक छेउमा नियन्त्रण बाहिर गएर आगो लागेको थियो। त्यसपछि आगलागीले पूरै ट्रक जलेर नष्ट भएको थियो। यो देखेर स्थानीयले पुलिसलाई खबर गरेका थिए।

खबर पाएलगत्तै फाँसीदेवा पुलिस थाना घटनास्थलमा पुगेको थियो। पुलिसले दमकललाई खबर गरेको थियो । खबर प्राप्त हुनासाथ माटिगढा र सिलगढी दमकलका दुईवटा गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए। घटनास्थलमा पुगेको अर्को गाडीले आगो नियन्त्रणमा लिएको थियो। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन।










