भाइचुङ भोटिया हाम्रो सिक्किम पार्टीसँगै एसडीएफ-मा सामेल

IMG-20231123-WA0311.jpg

राभङ्गला: भारतका पूर्व फुटबल कप्तान तथा हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटिया पार्टीसँगै सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीमा सामेल भएका छन्। आज दक्षिण सिक्किमको राभङ्गलामा एउटा जनसभाबीच भोटियाले आफ्नो पार्टीको झण्डा एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई समर्पण गरेर एसडीएफ पार्टीको झण्डा समाते। हाम्रो सिक्किम पार्टीको स्थापना ३१ मई २०१८मा स्थापित भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै सबै विपक्षीहरू एकजुट भएर सिक्किम बचाउने अभियानमा लाग्नुपर्ने भाइचुङ भोटियाले बताए। यसै सोच राखेर आफू एसडीएफ पार्टीमा सामेल भएको उनको भनाइ रहेको छ। आफ्नो सम्बोधनको क्रममा भोटियाले सकेएम सरकारको कड़ा आलोचना गर्दै पाँचै वर्षमा एसकेएम सरकारले सिक्किमलाई १०-१५ वर्ष पछि ढकलेको दावी गरे। यसको साथै पीएस गोले सरकारले एक एक गर्दै सिक्किम र सिक्किमेका हक र अधिकारहरू बेचीखाएको पनि उनको आरोप रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement