काठमाडौं: कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने औपचारिक भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री अल–मुराइखी नेपाल आउने भएका हुन्। भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।यस्तै उनी परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय बैठकमा समेत सहभागी हुनेछन्।









