यात्री बोकेको बसले ट्रकलाई धक्का दिँदा धेरैजना घाइते

IMG-20231123-WA0236.jpg

फाँसीदेवा: यात्री बोकेको बसले ट्रकको पछिल्तिर धक्का दिँदा बस चालक सहित धेरैजना यात्रीहरू घाइते भएका छन्। उक्त घटना फाँसीदेवा ब्लक अन्तर्गत विधाननगरको डाङ्गापाडा ३१ नम्बर राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारी अनुसार यान्त्रिक गडबडीको कारण चामल बोकेको ट्रक राष्ट्रिय राजमार्ग नजिक रोकेर राखेको थियो। त्यहीँ समय बिहारबाट सिलगढीतर्फ आइरहेको एउटा यात्री बोकेको बस डाङ्गापाडा इलाकामा अनियन्त्रित भएर सोझै ट्रकलाई पछिल्तिरबाट धक्का दिँदा बस चालक सहित केही यात्रीहरू घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement