युवतीसित सामूहिक दुष्कर्म गरेको आरोपमा दुईजना पक्राउ

photocollage_20231123222457807.jpg

नक्सलबारी: नक्सलबारीको अर्ड चियाकमानमा युवतीसित सामूहिक दुष्कर्म गरेको आरोपमा दुईजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू नक्सलबारीको बेलगाछी इलाका निवासी नितेन उराव र सुमेश साउरिया सामेल छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ दुईजना युवकले युवतीलाई फोन गरेर बोलाएपछि चियाकमानको सुनसान इलाकामा लगेर सामूहिक दुष्कर्म गरेको आरोप रहेको छ। उक्त घटनापछि कुनै प्रकारले युवती त्यहाँबाट भागेको बताइएको छ। यसपछि राति नै युवतीको परिवारका सदस्यहरूले घटनाबारे नक्सलबारी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले दुईजना युवकलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement