कोरोनाकाे ३६ नयाँ मामिला, २ जनाकाे मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,०१,६९१ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले दिल्लीमा १ र उत्तर प्रदेशमा १ जनागरी कुल २ जनाकाे मृत्यु भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,२९७ पुगेको छ। यसरी नै यस अवधिमा २६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६८,१७९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर २१५ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १७,६०५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,७९,४९५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा ९८ जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६७,७७,११७ जनाले यो खोप लगाइसकेको छन्।











