कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीबार क्रिकेट विश्वकपको फाइनल खेल कोलकाता वा मुम्बईमा खेलेको भए भारतले जित्ने दाबी गरिन्। नेताजी इन्डोर स्टेडियममा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले देशको क्रिकेट टोलीलाई ‘भगवाकरण’ गर्ने प्रयास भइरहेको आरोप लगाइन्। ‘उनीहरुले सिंगो देशलाई भगवा रङमा रंगाउन खोजेका छन्। हामी हाम्रा भारतीय खेलाडीहरूमा गर्व गर्छौं र मलाई विश्वास छ, यदि फाइनल खेल कोलकाता वा वानखेडे (मुम्बई)मा भएको भए हामीले क्रिकेट विश्वकप जित्ने थियौं’, उनले भनिन्। तृणमूल कांग्रेस सुप्रिमोले अझ भनिन्, ‘उनीहरूले (भाजपा) भगवाकरण गरिरहेका छन्। टोलीले भगवा जर्सी पनि ल्याएको हो। खेलाडीहरूले विरोध गरे र परिणाम स्वरूप, उनीहरूले खेलको समयमा ती जर्सीहरू लगाउनु परेनl’
भाजपामाथि आक्रमण जारी राख्दै मुख्यमन्त्रीले कसैको नाम नलिई उनले भनिन्, ‘भारतीय टोलीले यति राम्रो खेल्यो, विश्वकपमा सबै खेल जित्योl’ यसअघि कांग्रेस नेता राहुल गान्धीले विश्वकपको फाइनल खेल हेर्न आएका बेला राजस्थानमा चुनावी भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ‘पनौती’ शब्द प्रयोग गरेका थिए। भारत प्रतियोगितामा लगातार १० जितपछि फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो। भाजपाले राहुल गान्धीको टिप्पणीको लागि निर्वाचन आयोगसँग कारबाही गर्न माग गरेको छ।









