बंगाल सरकारले संघवादमाथि विधानसभामा विशेष प्रस्ताव ल्याउने

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगाल विधानसभाको शीतकालीन सत्रमा तृणमूल कांग्रेसले संघवादमाथि हमलामा एक विशेष प्रस्ताव ल्याउनेछ। विधानसभा सत्र शुक्रवारदेखि शुरू भइरहेछ। तृणमूल कांग्रेसको सूत्रहरू अनुसार, प्रस्ताव २८ नोभेम्बरमा पेश गरिनेछ औं मुख्यमन्त्री ममता ब्यानर्जी स्वयं प्रस्तावमाथि चर्चामा भाग लिनेछन्। यो प्रस्ताव पश्चिम बंगाल विधानसभामा प्रक्रिया र कार्य संचालनको नियम १९६९ अन्तर्गत पेश गरिनेछ।

राज्य मन्त्रीमण्डलका एक सदस्यले भऩे, भाजपा शासित केन्द्र सरकारले जुन प्रकारले केही संस्थानहरूको स्वायत्त प्रकृति र विरासतलाई ध्वस्त गर्ने काम गरिरहेछ त्यो देशका संघीय ढाँचाको निम्ति एक ठूलो खतरा बनेको छ। देशको संघीय ढांचामाथि हमला बाहेक यस्तो कृत्य वास्तवमा धर्मनिरपेक्ष लोकतन्त्रको निम्ति चिन्ताजनक हो। यसैले हामीले यस प्रस्तावलाई अघिबढ़ाउने फसेला गरेका छौं ताकि विधायकले यस मुमद्दाको बहसमा भाग लिन सकुन्। यद्यपि, पश्चिम बंगालमा भाजपा नेतृत्वले यस प्रस्तावित प्रस्तावलाई अधिक महत्व दिन चाहन्न।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement