अभिषेक ब्यानर्जीको आँखाको समस्या बढ्दा समर्थकहरू चिन्तित

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्ययानर्जोक आँखाको समस्या फेरि शुरू भएको छ। पार्टीको मुखपत्र जागो बांग्लामा यो जानकारी गराइएको छ। यसमा भनिएको छ, उनको आँखामा रगतको थोप्ला जमिरहेछ। अधिक समयसम्म कन्टेक्ट लेन्स लगाएको कारण यो समस्य भएको छ। यद्यपि, उनको उपचार कहाँ हुने हो, यसबारे बताइएको छैन। हालमा उनी अमेरिका गएका थिए र आफ्नो आँखाको उपचार गराएर फर्केका थिए।

तृणमूल कांग्रेसका एक वरिष्ठ नेताले बताए, विश्व बांग्ला व्यापार शिखर सम्मेलनमा अभिषेक पनि उपस्थित थिए। उनले आफ्नो आँखामा समस्या रहेको बताएका थिए, यो जानकारी मुख्यमन्त्री ममता ब्यानर्जीसम्म पुऱ्याइयो। व्यापार शिखर सम्मेलन समाप्त भएपछि मुख्यमन्त्रीले तुरन्तै अभिषेकसित भेट गरिन् औं आँखाको समस्याबारे सोधिन्। अभिषेकले पनि आँखामा समस्या भइरहेको बताए।

उल्लेख्य, १९ अक्टोबर, २०१६ मा हुगली जिल्लाको सिंगूर नजिक अभिषेको गाड़ी दुर्गापुर एक्सप्रेस वेमा दुर्घनागस्त भएको थियो। एक तीव्र रफ्तार ट्रकले उनको गाड़ीलाई हिर्काएको थियो, जसमा उनको आँखामा गम्भीर चोट लागेको थियो। तब कोलकाताको वेल व्य अस्पतालमा उनको चिकित्सा भएको थियो र उनी स्वस्थ भएर घर फर्केका थिए। त्यसपछि २०२२ मा अमेरिकाको न्यूयार्कमा लगभग सात घण्टासम्म उनको आँखाको अपरेशन भएको थियो। तबदेखि लगातार उनको आँखाको उपचार भइरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement