विपक्षलाई निशाना बनाउने केन्द्रिय एजेन्सीहरू २०२४ को चुनाउपछि भाजपाको पछाड़ी हुनेछ- ममता

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार दाबी गर्दै जुन केन्द्रिय एजन्सीहरू वर्तमानमा विपक्षी नेताहरूलाई निशाना बनाइरहेका छन्, त्यसले २०२४ को लोकसभा चुनाउपछि भाजपाको पछाड़ी लाग्ने भनेका छन्। केन्द्रको नरेन्द्र मोदी सरकारको आयु केवल तीन महिनाकै रहेको उनले भनिन्।

यहाँ नेताजी इन्डोर स्टेडियममा तृणमूल नेताहरूलाई सम्बोधित गर्दै उनले भनिन्, विभिन्न मामिलाहरूमा हाम्रा पार्टीका नेताहरूलाई पक्राउ गरिएपछि सांसद महुआ मोइत्राको संसदबाट निष्कासनको योजना बनाइँदैछ तर चुनाउअघि यो गरेर भाजपाले धेरै ठूलो गलती गरिसकेको छ। वर्तमानमा विपक्षी नेताहरूलाई तारो बनाइरहेका केन्द्रिय एजेन्सीहरू २०२४ को चुनाउपछि भाजपाको पछाड़ी लाग्नेछ। केन्द्रमा यो सरकार केवल तीन महिना रहनेछ।

उनले यो पनि दाबी गरिन्, भाजपा नेतृत्व सरकारले आरक्षणलाई समाप्त गर्न चाहन्छ। हामी यसको विरोध गर्नेछौं। भाजपा अल्पसंख्यकहरूका लागि पनि आरक्षण विरूद्ध छ तर हामी त्यसलाई ओबीसीको कोटाको माध्यमले यस प्रणाली अन्तर्गत ल्याउनेछौं। मेट्रो रेलवे स्टेशनहरूदेखि लिएर क्रिकेट टीमसम्म देशको भगवाकरण गर्ने प्रयास जोडतोडको साथ चलिरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement