कोलकाताः भर्ती घोटालाको मास्टरमाइन्ड अरू केही नभएर स्कूल सेवा आयोगका पूर्व सल्लाहकार शान्तिप्रसाद सिन्हा नै हुन्। यो दाबी सीबीआईका उकीलले बिहिवार कोर्टमा गरेका छन्। भर्ती भ्रष्टाचार मामिलामा आरोपित एजेन्ट प्रसन्ना रोयलाई सुप्रीम कोर्टले जमानत दिएको छ। आरोपित विधायक जीवनकृष्ण साहाले पनि जमानतको निम्ति सुप्रीम कोर्टका याचिका लगाएका छन्।
भर्ती भ्रष्टाचार मामिलामा जीवनकृष्ण, शान्तिप्रसाद सिन्हा, सुबीरेश भट्टाचार्य र अन्य आरोपितहरूको बिहिवार सुनवाई भयो। जमानत भएपनि प्रसन्नापनि शीर्ष अदालतको आदेशपछि अदालतमा पेश भए। प्रसन्नाको जमानतको सम्बन्धमा एजेन्ट प्रदीप सिंह, एसएससीका पूर्व सल्लाहकार शान्तिप्रसाद सिन्हाले मामिला उठाउँदा उकीलहरूले जमानतको निम्ति आवेदन दिए। यद्यपि, सीबीआईका उकीलले जमानतको विरोध गर्दै भने, भर्ती भ्रष्टाचारमा धेरै जनालाई पक्राउ गरिएको छ। शान्तिप्रसादको यी सबैसित सम्बन्ध छ। वस्तुतः उनी नै यस भ्रष्टाचारोक मास्टरमाइन्ड हुन्।
-हिस









