चिलीमा भेटियो १६ फिटको ‘श्रापित माछा’, के प्रलयको संकेत ?

16-ft-Long-Fishermen

पृथ्वीका धेरै रहस्यहरू समुद्रमा दबिएका छन्। जसको बारेमा थाहा हुन सकिरहेको छैन। कहिलेकाहीँ यस्ता प्राणी पनि भेटिन्छ। जुन चलचित्रमा पनि देखिएको हुँदैन। यसको बारेमा कुनै पौराणिक कथामा मात्र लेखिएको या सुनेको हुन्छ। यस्तै एउटा माछा चिलीमा फेला परेको छ। माछा मार्नेको हातमा यो माछा आएको हो यो माछा श्रापित हो भन्ने विश्वास गरिन्छ। यो फेला पर्नुले केही ठूला अप्रिय घटना हुने सम्भावना रहेको विश्वभरी अनुमान र विश्वास गर्न थालिएको छ।

जानकारीका अनुसार यो श्रापित माछालाई ठूलो आकारको ‘ओरफिस’ भनिन्छ। रिपोर्टका अनुसार माछा मार्नेहरूले यसलाई चिलीको तटमा समातेका छन्। मानिसहरु यसको कद देखेर छक्क परे र यसलाई आफ्नो क्यामेरामा कैद गर्ने प्रयास गरे। अहिले उक्त माछाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जुन टिकटकमा अपलोड गरिएको छ। भाइरल भइरहेको तस्वीरमा यो अनौठो माछालाई धेरै मजदुरहरूले एकै साथ हुकबाट तल ल्याएको देख्न सकिन्छ। यसको लम्बाइ १६ फिटभन्दा बढी रहेको बताइएको छ। मिडिया रिपोर्टका अनुसार यसअघि यो माछा सन् २०११ मा जापानमा देखिएको थियो। त्यसपछि फुकुशिमामा शक्तिशाली भूकम्प गएको थियो। जसका कारण यो माछा देख्दा कुनै अप्रिय घटना हुने खतरा रहेको मानिसहरुको विश्वास छ।

चिलीमा यो माछा देखेर मानिसहरु डराएका छन्। उनीहरु भूकम्प वा अन्य कुनै ठूलो प्रकोपको जोखिममा रहेको भन्दै त्रासमा छन्। यो भिडियो टिकटकमा निकै भाइरल भइरहेको छ। समाचारका अनुसार १ करोडभन्दा बढी भ्युज प्राप्त भइसकेको छ। धेरैले कमेन्ट पनि गरिरहेका छन्। एकै समयमा मानिसहरू भन्छन् कि ओअरफिशहरू समुद्रको गहिराइमा बस्छन्। तर समुद्र तटमा देखा पर्नु भनेको तल कुनै हलचल हुँदैछ भन्ने संकेत पाएर आफूलाई बचाउँन बाहिर निस्किएका हुन्। यस्तो अवस्थामा चिलीमा कुनै अप्रिय वा ठूलो प्रकोप आउने संकेत देखिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *