जिल्लास्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न

IMG-20231123-WA0295.jpg

गेजिङ: भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको कार्यक्षेत्रमा सञ्चालित खाद्य सुरक्षा तथा मानक प्राधिकरणले तोकेका निर्देशन र दिशानिर्देशका साथ खाद्य सुरक्षासम्बन्धी जिल्ला स्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न भयो।

गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको बैठकको अध्यक्षता अतिरिक्त जिल्लापाल खेमराज भट्टराईले गरेका थिए।

बैठकमा अतिरिक्त जिल्लापाल (विकास) सुरत गुरूङ, महकुमा अधिकारी तिरसाङ तामाङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकको मुख्य उद्देश्य गेजिङ जिल्ला अन्तर्गत खाद्य सुरक्षा उपाय र मापदण्ड अभिवृद्धि गर्ने बारे मूल्याङ्कन गर्नको साथै रणनीति बनाउनु रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल भट्टराईले जिल्लास्तरीय सल्लाहकार समितिको महत्वपूर्ण भूमिकामाथि जोड दिँदै जिल्लाका बासिन्दाहरूले उपभोग गर्ने खाद्य पदार्थको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन प्रतिबद्ध रहेको आश्वासन दिए।

यसै क्रममा अतिरिक्त पुलिस अधीक्षकले इनर्जी ड्रिङ्कको बढ्दो खपत र यसबाट हुने सम्भावित स्वास्थ्य जोखिमबारे चिन्ता व्यक्त गरे। उनले खाद्य सुरक्षा विभागलाई जनतामा निकै चर्चामा आएको इनर्जी ड्रिङ्कको गहिरो परीक्षण गरी सही पहल गर्नुपर्ने पनि सुझाउ दिए।

उनले जानकारी गराए अनुसार जिल्लास्तरीय परामर्श समितिको बैठकले खाद्य सुरक्षा बढाउन र एफएसएसएआईको नियमहरूको पालना गर्न सरोकारवालाहरू बीचको संवाद र सहयोगलाई बढावा दिनको लागि अंहम भूमिका निर्वाह गर्न सक्ने सम्भावना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement