राज्य स्तरीय साकेवा पर्व तयारीको निम्ति सभा सम्पन्न

IMG-20231123-WA0300.jpg

गान्तोक: प्रतिवर्ष पालन गरिने राज्य स्तरीय साकेवा पर्व यसपाली पनि आयोजन गर्ने उद्देश्यले अखिल किराँत राई संघ, सिक्किमको एक तयारी बैठक सम्पन्न भयो। नाम्ची जिल्ला पञ्चायत भवनको प्रेक्षागृहमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको मुख्य आतिथ्यमा सम्पन्न बैठकलाई अखिल किराँत राई संघ, सिक्किमका अध्यक्ष मोहन दुङमालीले अध्यक्षता गरेका थिए।

यस वर्षको राज्य स्तरीय साकेवा पर्व २०२३, नाम्ची जिल्लामा भव्यताको साथ पालन गर्ने बैठकमा निर्णय लिइयो। सो कार्यक्रममा मुख्य अतिथिको रूपमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-लाई निम्तो दिइने सभामा प्रस्ताव पारित गरिएको छ।

साकेवा पर्वलाई ध्यानमा राख्दै आजको बैठकमा समारोह समितिको पनि गठन गरिएको छ, जसमा मुख्य संरक्षकको रूपमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ रहेका छन् भने संरक्षकगणमा अखिल किराँत राई संघ, सिक्किमका अध्यक्ष मोहन दुङ्माली, नाम्ची नगर परिषद्का अध्यक्ष गणेश राई, कौशल विकास विभागका सल्लाहकार सतीशचन्द्र राई, सिक्किम खाद्य आयोगका अध्यक्ष डा. एसके राई, तुलसी राजालिम अनि विमल राई रहेका छन्।

आयोजन समितिमा अध्यक्ष भोजराज राई, उपाध्यक्षत्रय बसन्त राई, शैलेस राई अनि जीके याङ्मा, सचिवद्वय मिलन राई अनि विष्णु चामलिङ, प्रमुख समन्वयक आरके वालिङ, कोषाध्यक्षद्वय पुस्तिका राई अनि उपेन्द्र राई, प्रचार-प्रसारमा अरुण राई अनि असित राई रहेका छन्।

आजको सभामा विभिन्न उप-समितिहरु पनि गठन गरिएको छ। उक्त दिनको कार्यक्रममा किराँत राई वेश-भूषा र गर-गहनामा श्रृंगारिएकाहरूको फेशन शो प्रतियोगिता, किराँत राई वेश-भूषा, गरगहना र संस्कृति आधारित चित्रकला प्रतियोगिता, राई शिली नृत्य प्रतियोगिता पनि आयोजना गरिने निर्णय लिइएको छ।

साकेवा पर्वको अवसरमा सो दिन नाम्चीमा राई खिमको पनि मुख्य अतिथिकै बाहुलीबाट शिलान्यास गरिने सभाले निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement