गोरुबथान लेप्चा गाउँमा नारी मोर्चा अनि युवा मोर्चा कमिटी गठन

IMG-20220519-WA0134.jpg

गोरुबथान: गोर्खा जनमुक्ति मोर्चा ४३ न. समष्टि १ गोरुबथान अन्तर्गत लेप्चा गाउँ शाखामा प्रताप राईको सभापतित्वमा ४३ न. समष्टि १ गोरुबाथानको एक जरूरी सभा सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। यस सभामा ४३ न. समष्टि १ गोरुबथान लेप्चा गाउँ शाखामा सर्वसहमतिले नारी मोर्चा अनि युवा मोर्चा कमिटी गठन गरिएको थियो। उक्त गोर्खा जनमुक्ति मोर्चा ४३ न. समष्टि १ गोरुबथान लेप्चा गाउँ शाखा नयाँ नारी मोर्चा कमिटीमा क्रमैले सभानेत्री जसिन्ता लेप्चा, उपसभानेत्री सावित्री राई, सचिवा शिला तामाङ, सह सचिव अमृता राई, कोषाध्यक्ष पुष्प लेप्चा अनि सल्लाहकार पबि तामाङ, सुमित्रा तामाङ, सुकु लेप्चा कार्यकारिणी सदस्यगण निरमति राई, दिपा लेप्चा, छेकि लेप्चा, निता तामाङ, बिनिता लेप्चा, मिन्ती भुटिया, ज्योति लेप्चा हुन्। उक्त गोर्खा जनमुक्ति मोर्चा ४३ न. समष्टि १ गोरुबथान लेप्चा गाउँ शाखा नयाँ युवा मोर्चाको कमिटिमा क्रमैले सभापति बिकाश राई, उपसभापति भीमसेन लेप्चा,सचिव नमान लेप्चा, सह सचिव राधा तामाङ,कोषाध्यक्ष गन्मा लेप्चा सल्लाहकार धनबहादुर राई, छडुप लेप्चा, दनेल भुटियालाई चयन गरियो। यस सभामा गोर्खा जनमुक्ति मोर्चा ४३ न. समष्टि १ गोरुबथान सभापति सुरेश चौधरी, समष्टि साङ्गठनिक सचिव आशकुमार तामाङ, समष्टि नारी मोर्चा सचिवा प्रभा राई, गोरुबथान महकुमा युवा मोर्चा सभापति देवकर राई, समष्टि अफिस सचिव जीवन राई, समष्टि नारी मोर्चा प्रतिनिधि शान्ति राई साथै लेप्चा गाउँ शाखा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement