खरसाङ: रेलवे कर्मचारीहरूको लागि लागु गरिएको नेशनल पेन्शन सिस्टम (एनपीएस) को विरोधमा भारतभरि थालिएको मुहिम अनुसार २२ र २३ नोभेम्बरको दिन एनएफ रेलवे जोनमा पनि यसको कर्मचारीहरूद्वारा उक्त पेन्शन योजनाको विरोध गर्न गरिएको पहलमा जनमत संकलन गरिएको छ। विशेष गरी एनएफ रेलवे जोनको डीएचआर क्षेत्रमा पनि एनपीएस (नयाँ पेन्शन योजनालाई रध्द गरेर सबै रेलवे कर्मचारीहरूलाई पुरानो पेन्शन योजना (ओपीएस)नै लागु गरिनुपर्छ भन्ने मांगमा गरिएको पहल अनुसार नै दिल्लीको निर्देशनमा सबै कर्मचारीहरूको जनमत संकलन गर्नलाई भोटिङ गरिएको छ। उक्त मांगमा आवश्यक परेको खण्डमा बन्द डाकिएको अवस्थामा कर्मचारीहरूले समर्थन गर्छ कि गर्दैन भन्ने विषयमा जनमत संकलन गर्दै भोटिङ गरिएको छ। उक्त जनमतको कार्य डीएचआर अन्तर्गत २२ र २३ नोभेम्बर दिन खरसाङ र दार्जिलिङमा गरिएको छ। यता खरसाङमा सम्पन्न जनमत संकलनमा सबै रेलवे कर्मचारीहरूले भाग लिएका थिए। यस अवसरमा इम्प्लोइज युनियन खरसाङ शाखाको सभापति दिमु लेप्चा, सचिव विकास मुखिया, सह सचिव निशा सार्की लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त नयाँ पेन्शन योजना रध्द गरिनु पर्ने मांगमा युनियनले गर्ने पहलमा कर्मचारीहरूले पनि समर्थन गर्छ कि गर्दैन भन्ने विषयमा भोटिङ गरेर जनमत संकलन गरिएको छ। उक्त कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै इम्प्लोइज युनियन खरसाङ शाखाको सचिव विशाल मुखियाले दिल्लीमा रेलवे युनियनहरूको एपेक्स बडीले रेलवे कर्मचारीहरूको लागि पुरानो पेन्शन योजनाको बदलीमा नयाँ पेन्शन योजना लागु गरेकोमा विरोध जनाउँदै यो नयाँ पेन्शन योजना रेलवे कर्मचारीहरूको लागि लाभदायक नभएकोले यसलाई रध्द गराउने मांगमा आन्दोलन गर्ने र यसको लागि रेलवे कर्मचारीहरूबाट जनमत संकलन गरिने कार्य गरिएको बताएका छन्।

उनले उक्त कार्य अहिले एनएफ रेलवे कर्मचारीहरूलाई लिएर गरिरहेको र यता डीएचआर क्षेत्रमा २२ र २३ नोभेम्बरको दिन गुप्त मतदान गरेर नयाँ पेन्सन नीतिको विरोधमा बन्द डाक्न परे रेलवे कर्मचारीहरूले समर्थन गर्छ कि गर्दैन भनेर भोट गरेर जनमत संकलन गरिएको बताएका छन्। उनले २२ नोभेम्बरमा खरसाङमा र २३ नोभेम्बरमा दार्जिलिङमा सम्पन्न गरिएको बताएका छन्।









